काठमाडौं– प्याराग्लाइडिङ दुर्घटना परी पोखरामा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेर ३८ वर्षीय प्याराग्लाइडिङ चालक राजु गैरे नेपालीको मृत्यु भएको हो। सराङकोटबाट उडेको फिस्टेल कम्पनीको प्याराग्लाइडिङ दुर्घटनामा परेर नेपालीको मृत्यु भएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले जानकारी दिए।
प्याग्लाइडिङमा सवार काठमाडौं बुढानिलकण्ठकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन्। अवतरण गर्ने स्थानभन्दा पाँच सय मिटर पर दुर्घटना भएको बताइएको छ। प्याराग्लाइडिङ दुर्घटनामा परेपछि घाइते नेपालीलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याइएको उनलाई मृत घोषणा गरिएको थियो। घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।