काठमाडौं- छठ पर्वको अवसर पारेर गायिका मिलन नेवारको स्वरमा ‘जानी नजानी’ गीत सार्वजनिक भएको छ। उक्त गीतमा सुनिल मास्केले संगित भरेका हुन्।
नेवारको आवाजमा रहेको गीतमा शब्द लुनिभा श्रेष्ठको रहेको छ। गीतको संगीत व्यवस्थापन सञ्जिव बराइलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन्। झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको अभिनय रहेको छ।
ओएसआर डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाइबाको निर्देशन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।