काठमाडौं-सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट ८.२५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको ३५९ औ सञ्चालक समितिको बैंठकले गत वर्षको नाफाबाट ५.८ प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि साधारणसभामा लैजानेछ। साधारणसभाले पारित गरेपछि शेयरधनीले उक्त लाभांश प्राप्त गर्न सक्ने छन्।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस शेयर वितरण पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।