• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

बोलिरहेकै छन् गणेश थापा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ५, २०७७  १४:३२
1140x725

काठमाडौं- दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएको करिब पाँच वर्ष नाघ्यो। तर निलम्बित पूर्वअध्यक्ष थापा अहिले पनि भित्रभित्रै उकुसमुकुसले भरिएका छन्। सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा भिँडिरहेकै हुन्छन्। 

कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा फिफाले १० वर्षका लागि थापालाई प्रतिबन्ध लगाएको थियो भने २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो। 

सन् १९९५ मा एन्फा अध्यक्ष भएका थापामाथि अहिले लागेको प्रतिबन्ध अवधि अझै पाँच वर्ष बाँकी नै छ। प्रतिबन्धको पाँच वर्षे अवधिमा थापाले आफ्नै आत्मकथा लेख्नेदेखि फुटबल र एन्फाका बारेमा विभिन्न आरोप र आलोचना गर्दै आइरहेकै छन्। यति मात्र होइन, अहिलेका अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाविरुद्ध खुलेरै आलोचना गर्नेमा थापा अग्रपंक्तिमा छन्। यसको एउटै कारण अहिले नेतृत्वमा रहेको एन्फाले पनि विवादरहित सफा काम देखाउन सकिरहेको छैन। जसले गर्दा गणेश थापाले फेसबुकका भित्तामा प्रश्न उठाइरहेका छन्। 

गणेश थापाले सामाजिक सञ्जालमा एन्फा नेतृत्वबारे निरन्तर चुनौती दिँदै आइरहेका छन्। कहिले लिग फुटबलको बारेमा त कहिले खेलाडी र फुटबल विकासमा केही नगरेको र आफूले गरेको जस्तो कार्यक्रम गरेर देखाउन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फालाई चुनौती नै दिँदै आएका छन्।

एन्फाको आलोचनाको निरन्तरता शुक्रबार पनि देखियो। निलम्बित थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै अहिलेको एन्फालाई आफूले गरेको जस्तो राम्रो कार्यक्रम गर्न चुनौती नै दिए। उनले आफ्नो कार्यकालसँग अहिलेको समय तुलना नगर्न र तुलना नै गर्ने हो भने भएका कामहरु स्पष्ट रुपमा हेर्न भनेका छन्। 

‘एन्फा कम्प्लेक्स आफ्नै स्रोतसाधनले बनाएको हो। एन्फाको आफ्नो स्रोतबाट अर्को एन्फा कम्प्लेक्स बनाएर देखाउनुहोस्’, थापा लेख्छन्, ‘पाच वर्षअगाडि लिगको प्रथम पुरस्कार एक करोड थियो भने दोस्रो पुरस्कार ६५ लाख, तेस्रो पुरस्कार ३५ लाख थियो तर हाल आएर प्रथम स्थान हासिल गर्नेले जम्मा ३७ लाख रुपैयाँ पाउँछन्। योभन्दा दुर्भाग्य के होला? त्यसकारण लिगको प्रथम पुरस्कार कमसेकम २ करोड पुर्याउनुहोला’ उनले लेखेका छन्।  

यस्तो छ थापाको भनाई, 
एन्फा अध्यक्षज्यू फिफा तथा एएफसी र नेपाल सरकारले दिएको अनुदानबाट मात्र कार्यक्रम चलाउने हो भने एन्फामा रहेका पुराना कर्मचारी बीर बहादुरले पनि तपाईंले ऐतिहासिक भन्ने गरेका कार्यहरु गर्न सक्दछन्। 

त्यसकारण एन्फा अध्यक्षज्यूलाई मेरो कार्यकाल र आफ्नो कार्यकालको विभिन्न जिल्लामा गएर तुलना नगर्न अनुरोध गर्न चाहन्छु। राम्रो काम गर्नुस्, सदैव मेरो हार्दिक शुभकामना छ। यदि तपाईंलाई तुलना गर्न मन छ भने मैले यहाँ उल्लेख गरेका एन्फाले आफ्नै स्रोतबाट  संक्षिप्त रूपमा हाम्रो पहिलो चार वर्षको कार्यकालमा भएका कामहरु केहि बन्द भएका छन् भने शहिद स्मारक लिगको स्तर घटेको छ। त्यसकारण हिजो भएका कार्यक्रम निरन्तरता दिन प्रयास गर्नुस् र सक्नुहुन्छ भने हिजो भएका भन्दा राम्रो गर्न प्रयास गर्नुहोस्।

Ncell 2
Ncell 2

१. तपाईंको कार्यकालमा भएको कार्यहरु फिफा तथा एएफसीले सबै सदस्य राष्ट्रहरुलाई र नेपाल सरकारले अनुदान दिएको रकम बाहेक एन्फाको स्रोतबाट कुनै एउटा कार्यक्रम भएको भए देखाउन हार्दिक अनुरोध गर्न चाहन्छु। 

२. हिजो हाम्रो कार्यकालमा फिफा तथा एएफसीले सबै राष्ट्रलाई दिने सहयोग पाँच लाख डलर दिने गरेको थियो भने हाल आएर विगत पाच वर्षदेखि करिब पचास लाख डलरभन्दा बढी सहयोग गर्दै आएको छ। ठूलो मात्रामा सहयोग वृद्धि भएको भएता पनि सोहीअनुसार काम भएको देखिँदैन।

३. हिजो फिफाको रकमबाट लिग सञ्चालन गर्न २५ लाख प्राप्त गर्दथ्यो भने आज आएर करिब १० करोड प्राप्त भएको छ। हिजोका दिनको लिग र हाल सञ्चालन भएको लिगको बारेमा मैले कुनै चर्चा गरिरहनु नपर्ला। आम फुटबल प्रेमीहरुलाई जानकारी नै छ।

४. हिजो खेलाडीहरुले प्राप्त गरेका कार र अपार्टमेन्ट जस्ता पुरस्कारहरु दिन नसकेर बन्द गर्नु भएको छ। किनभने यो फिफाको पैसाले दिन मिल्दैन। आफ्नै साधन स्रोतबाट दिन सक्नुहुन्न।

५. खेलाडीहरू र रेफ्रीहरुलाई पारिश्रमिक दिनको निमित्त अक्षयकोष खडा गरी ८ करोड रुपैयाँ राखिएको थियो। यसमा थप्ने काम गर्नुहोला। फिफाले दिएको रकम थप्न मिल्दैन। एन्फाको आफ्नै स्रोतबाट थप्ने हैसियत म देख्दिनँ। यदि थप्नु सक्नुभयो भने म निकै खुसी हुँदै तपाईलाई धन्यबाद दिन चाहन्छु।

६ एन्फासँग आबद्ध सबैको लागि उपचारको निमित्त राखिएको ५० लाख रुपैयाँ अक्षय कोषमा थप्ने काम गर्नुहोला। यसमा पनि फिफाको रकम थप्न मिल्दैन।

७. हिजो सुरु भएका राष्ट्रिय लिग लगायत विभिन्न नकआउट प्रतियोगिताहरू सञ्चालन गर्नु होला।

८. खेलाडीहरु र रेफ्रीहरूको तलब विगत पाँच वर्षदेखि बढेको छैन। त्यसमा वृद्धि गर्नुहोला। जुन दिनमा फिफाले खेलाडीहरुलाई तलब बढाउन स्वीकृति दिन्छ त्यसपछि मात्र तपाईंले बढाउनु सक्नुहुन्छ। आफ्नै साधनस्रोत खोजेर तलब बढाउन गाह्रो होला। हिजोको दिनमा एन्फाले आफ्नै स्रोतबाट खेलाडीहरु र रेफ्रीहरुलाई आफ्नै स्रोतबाट तलब दिँदै आएका थियौं।

९ यु–१९ ले करिब तीन वर्षदेखि साफ च्याम्पियनसिपमा प्रथम स्थान हासिल गर्दा घोषणा भएको पुरस्कार हालसम्म पनि प्राप्त गर्न सकेका छैनन्। फिफा तथा एएफसीको रकम चलाउन मिलेन अर्को स्रोत खोज्न सक्नु भएन।

१०. विगतमा खेलाडीहरुले १२ महिना क्लब र खेलाडीहरूको बीचमा अनुबन्ध भइ १२ महिना तलब पाउने गर्दथे हाल आएर चार महिना मात्र तलब पाउँदछन्। यसरी खेलाडीहरुलाई अन्याय गर्ने काम गर्नुभएको छ।

११. बिगतमा साफ च्याम्पियनसिप र साउथ एसियन गेम्समा विजय प्रथम स्थान हासिल गरेमा सबै खेलाडी प्रशिक्षकलाई अपार्टमेन्ट दिने घोषणा गरिएको थियो। आजको दिनमा पनि घोषणा गर्ने साहस गर्नुहोस्।

१२. यी सबै कुरा गर्न लागि फिफाको र एएफसीको रकमबाट गर्न नमिलेको कारणले तपाईले गर्न सकिरहनु भएको छैन।

१३. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाएको हो।  एन्फाको  आफ्नो स्रोतबाट अर्को एन्फा कम्प्लेक्स बनाएर देखाउनुस्।

१४. एएफसी तथा फिफामा नेपालले प्राप्त गरेका पदहरु प्राप्त गरेर देखाउनुहोस्।

१५. एन्फा एकेडेमीबाट र अन्य प्रतियोगिताहरु बाट हिजोको दिनमा जस्तै राम्रा खेलाडीहरु उत्पादन गरेर देखाउनुस्।

१६. पाँच  वर्षअगाडि लिगको प्रथम पुरस्कार एक करोड थियो भने दोस्रो पुरस्कार ६५ लाख तेस्रो पुरस्कार ३५ लाख सोहीअनुसार चौथा, पााचौ, छैठौं, सातौं, र आठौं लाई पुरस्कारको व्यवस्था गरिएको थियो तर हाल आएर प्रथम स्थान हासिल गर्नेले जम्मा ३७ लाख रुपैयाँ प्राप्त गर्दछ। योभन्दा दुर्भाग्य के होला त्यसकारण लिग को प्रथम पुरस्कार कमसेकम २ करोड पुर्याउनुहोला। सहिद स्मारक लिगको पुरस्कार १ लाखबाट एक करोड पुर्याएको हो।

माथि उल्लेखित कार्यक्रमहरु तपाईंले निरन्तरता दिन नसक्नुको मुख्य कारण चाँहि कतिपय कार्यक्रमहरु गर्न फिफा र एएफसीको रकम चलाउन मिल्दैन। आफ्नो साधनस्रोत खोज्न तपाईंले सकिरहनुभएको छैन। हिजोको दिनमा भएका राम्रो कामहरुको निरन्तरता दिन सक्नुहोस्् मेरो यही शुभकामना छ। जुन दिनमा तपाईंले पुनः रोकिएका कार्यक्रमहरु गर्न सक्नुहुन्छ त्यो दिनमा तपाईंलाई म धेरै धेरै धन्यबाद दिने छु। होइन भने फिफा र एएफसीबाट आएको रकम र एएफसी र फिफाले दिएको कार्यक्रम मात्र गरेर ऐतिहासिक काम गरेँ भनेर सस्तो प्रचारबाजी नगर्दा राम्रो होला। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज दुई संसदीय समितिको बैठक बस्दै
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
आज दुई संसदीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
आजदेखि राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदै, यस्तो छ कार्यसूची आइतबार, माघ ४, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ४, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
आधिकारिकता पाएसँगै कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्