• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

बोलिरहेकै छन् गणेश थापा

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ५, २०७७  १४:३२
1140x725

काठमाडौं- दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले प्रतिबन्ध लगाएको करिब पाँच वर्ष नाघ्यो। तर निलम्बित पूर्वअध्यक्ष थापा अहिले पनि भित्रभित्रै उकुसमुकुसले भरिएका छन्। सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा भिँडिरहेकै हुन्छन्। 

कुनै पनि फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी २०७२ कात्तिकमा फिफाले १० वर्षका लागि थापालाई प्रतिबन्ध लगाएको थियो भने २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। फिफाको स्वतन्त्र आचार समितिअन्तर्गत न्यायिक निकायको बैठकले थापाले सन् २००९ र २०११ मा भएको फिफाको कार्यकारी समितिको निर्वाचनका क्रममा घुस लिएको ठहर गर्दै फुटबलका गतिविधिमा संलग्न हुन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो। 

सन् १९९५ मा एन्फा अध्यक्ष भएका थापामाथि अहिले लागेको प्रतिबन्ध अवधि अझै पाँच वर्ष बाँकी नै छ। प्रतिबन्धको पाँच वर्षे अवधिमा थापाले आफ्नै आत्मकथा लेख्नेदेखि फुटबल र एन्फाका बारेमा विभिन्न आरोप र आलोचना गर्दै आइरहेकै छन्। यति मात्र होइन, अहिलेका अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फाविरुद्ध खुलेरै आलोचना गर्नेमा थापा अग्रपंक्तिमा छन्। यसको एउटै कारण अहिले नेतृत्वमा रहेको एन्फाले पनि विवादरहित सफा काम देखाउन सकिरहेको छैन। जसले गर्दा गणेश थापाले फेसबुकका भित्तामा प्रश्न उठाइरहेका छन्। 

गणेश थापाले सामाजिक सञ्जालमा एन्फा नेतृत्वबारे निरन्तर चुनौती दिँदै आइरहेका छन्। कहिले लिग फुटबलको बारेमा त कहिले खेलाडी र फुटबल विकासमा केही नगरेको र आफूले गरेको जस्तो कार्यक्रम गरेर देखाउन अध्यक्ष कर्माछिरिङ शेर्पा नेतृत्वको एन्फालाई चुनौती नै दिँदै आएका छन्।

एन्फाको आलोचनाको निरन्तरता शुक्रबार पनि देखियो। निलम्बित थापाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै अहिलेको एन्फालाई आफूले गरेको जस्तो राम्रो कार्यक्रम गर्न चुनौती नै दिए। उनले आफ्नो कार्यकालसँग अहिलेको समय तुलना नगर्न र तुलना नै गर्ने हो भने भएका कामहरु स्पष्ट रुपमा हेर्न भनेका छन्। 

‘एन्फा कम्प्लेक्स आफ्नै स्रोतसाधनले बनाएको हो। एन्फाको आफ्नो स्रोतबाट अर्को एन्फा कम्प्लेक्स बनाएर देखाउनुहोस्’, थापा लेख्छन्, ‘पाच वर्षअगाडि लिगको प्रथम पुरस्कार एक करोड थियो भने दोस्रो पुरस्कार ६५ लाख, तेस्रो पुरस्कार ३५ लाख थियो तर हाल आएर प्रथम स्थान हासिल गर्नेले जम्मा ३७ लाख रुपैयाँ पाउँछन्। योभन्दा दुर्भाग्य के होला? त्यसकारण लिगको प्रथम पुरस्कार कमसेकम २ करोड पुर्याउनुहोला’ उनले लेखेका छन्।  

यस्तो छ थापाको भनाई, 
एन्फा अध्यक्षज्यू फिफा तथा एएफसी र नेपाल सरकारले दिएको अनुदानबाट मात्र कार्यक्रम चलाउने हो भने एन्फामा रहेका पुराना कर्मचारी बीर बहादुरले पनि तपाईंले ऐतिहासिक भन्ने गरेका कार्यहरु गर्न सक्दछन्। 

त्यसकारण एन्फा अध्यक्षज्यूलाई मेरो कार्यकाल र आफ्नो कार्यकालको विभिन्न जिल्लामा गएर तुलना नगर्न अनुरोध गर्न चाहन्छु। राम्रो काम गर्नुस्, सदैव मेरो हार्दिक शुभकामना छ। यदि तपाईंलाई तुलना गर्न मन छ भने मैले यहाँ उल्लेख गरेका एन्फाले आफ्नै स्रोतबाट  संक्षिप्त रूपमा हाम्रो पहिलो चार वर्षको कार्यकालमा भएका कामहरु केहि बन्द भएका छन् भने शहिद स्मारक लिगको स्तर घटेको छ। त्यसकारण हिजो भएका कार्यक्रम निरन्तरता दिन प्रयास गर्नुस् र सक्नुहुन्छ भने हिजो भएका भन्दा राम्रो गर्न प्रयास गर्नुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

१. तपाईंको कार्यकालमा भएको कार्यहरु फिफा तथा एएफसीले सबै सदस्य राष्ट्रहरुलाई र नेपाल सरकारले अनुदान दिएको रकम बाहेक एन्फाको स्रोतबाट कुनै एउटा कार्यक्रम भएको भए देखाउन हार्दिक अनुरोध गर्न चाहन्छु। 

२. हिजो हाम्रो कार्यकालमा फिफा तथा एएफसीले सबै राष्ट्रलाई दिने सहयोग पाँच लाख डलर दिने गरेको थियो भने हाल आएर विगत पाच वर्षदेखि करिब पचास लाख डलरभन्दा बढी सहयोग गर्दै आएको छ। ठूलो मात्रामा सहयोग वृद्धि भएको भएता पनि सोहीअनुसार काम भएको देखिँदैन।

३. हिजो फिफाको रकमबाट लिग सञ्चालन गर्न २५ लाख प्राप्त गर्दथ्यो भने आज आएर करिब १० करोड प्राप्त भएको छ। हिजोका दिनको लिग र हाल सञ्चालन भएको लिगको बारेमा मैले कुनै चर्चा गरिरहनु नपर्ला। आम फुटबल प्रेमीहरुलाई जानकारी नै छ।

४. हिजो खेलाडीहरुले प्राप्त गरेका कार र अपार्टमेन्ट जस्ता पुरस्कारहरु दिन नसकेर बन्द गर्नु भएको छ। किनभने यो फिफाको पैसाले दिन मिल्दैन। आफ्नै साधन स्रोतबाट दिन सक्नुहुन्न।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

५. खेलाडीहरू र रेफ्रीहरुलाई पारिश्रमिक दिनको निमित्त अक्षयकोष खडा गरी ८ करोड रुपैयाँ राखिएको थियो। यसमा थप्ने काम गर्नुहोला। फिफाले दिएको रकम थप्न मिल्दैन। एन्फाको आफ्नै स्रोतबाट थप्ने हैसियत म देख्दिनँ। यदि थप्नु सक्नुभयो भने म निकै खुसी हुँदै तपाईलाई धन्यबाद दिन चाहन्छु।

६ एन्फासँग आबद्ध सबैको लागि उपचारको निमित्त राखिएको ५० लाख रुपैयाँ अक्षय कोषमा थप्ने काम गर्नुहोला। यसमा पनि फिफाको रकम थप्न मिल्दैन।

७. हिजो सुरु भएका राष्ट्रिय लिग लगायत विभिन्न नकआउट प्रतियोगिताहरू सञ्चालन गर्नु होला।

८. खेलाडीहरु र रेफ्रीहरूको तलब विगत पाँच वर्षदेखि बढेको छैन। त्यसमा वृद्धि गर्नुहोला। जुन दिनमा फिफाले खेलाडीहरुलाई तलब बढाउन स्वीकृति दिन्छ त्यसपछि मात्र तपाईंले बढाउनु सक्नुहुन्छ। आफ्नै साधनस्रोत खोजेर तलब बढाउन गाह्रो होला। हिजोको दिनमा एन्फाले आफ्नै स्रोतबाट खेलाडीहरु र रेफ्रीहरुलाई आफ्नै स्रोतबाट तलब दिँदै आएका थियौं।

९ यु–१९ ले करिब तीन वर्षदेखि साफ च्याम्पियनसिपमा प्रथम स्थान हासिल गर्दा घोषणा भएको पुरस्कार हालसम्म पनि प्राप्त गर्न सकेका छैनन्। फिफा तथा एएफसीको रकम चलाउन मिलेन अर्को स्रोत खोज्न सक्नु भएन।

१०. विगतमा खेलाडीहरुले १२ महिना क्लब र खेलाडीहरूको बीचमा अनुबन्ध भइ १२ महिना तलब पाउने गर्दथे हाल आएर चार महिना मात्र तलब पाउँदछन्। यसरी खेलाडीहरुलाई अन्याय गर्ने काम गर्नुभएको छ।

११. बिगतमा साफ च्याम्पियनसिप र साउथ एसियन गेम्समा विजय प्रथम स्थान हासिल गरेमा सबै खेलाडी प्रशिक्षकलाई अपार्टमेन्ट दिने घोषणा गरिएको थियो। आजको दिनमा पनि घोषणा गर्ने साहस गर्नुहोस्।

१२. यी सबै कुरा गर्न लागि फिफाको र एएफसीको रकमबाट गर्न नमिलेको कारणले तपाईले गर्न सकिरहनु भएको छैन।

१३. एन्फा कम्प्लेक्स आफ्नै साधन स्रोतबाट बनाएको हो।  एन्फाको  आफ्नो स्रोतबाट अर्को एन्फा कम्प्लेक्स बनाएर देखाउनुस्।

१४. एएफसी तथा फिफामा नेपालले प्राप्त गरेका पदहरु प्राप्त गरेर देखाउनुहोस्।

१५. एन्फा एकेडेमीबाट र अन्य प्रतियोगिताहरु बाट हिजोको दिनमा जस्तै राम्रा खेलाडीहरु उत्पादन गरेर देखाउनुस्।

१६. पाँच  वर्षअगाडि लिगको प्रथम पुरस्कार एक करोड थियो भने दोस्रो पुरस्कार ६५ लाख तेस्रो पुरस्कार ३५ लाख सोहीअनुसार चौथा, पााचौ, छैठौं, सातौं, र आठौं लाई पुरस्कारको व्यवस्था गरिएको थियो तर हाल आएर प्रथम स्थान हासिल गर्नेले जम्मा ३७ लाख रुपैयाँ प्राप्त गर्दछ। योभन्दा दुर्भाग्य के होला त्यसकारण लिग को प्रथम पुरस्कार कमसेकम २ करोड पुर्याउनुहोला। सहिद स्मारक लिगको पुरस्कार १ लाखबाट एक करोड पुर्याएको हो।

माथि उल्लेखित कार्यक्रमहरु तपाईंले निरन्तरता दिन नसक्नुको मुख्य कारण चाँहि कतिपय कार्यक्रमहरु गर्न फिफा र एएफसीको रकम चलाउन मिल्दैन। आफ्नो साधनस्रोत खोज्न तपाईंले सकिरहनुभएको छैन। हिजोको दिनमा भएका राम्रो कामहरुको निरन्तरता दिन सक्नुहोस्् मेरो यही शुभकामना छ। जुन दिनमा तपाईंले पुनः रोकिएका कार्यक्रमहरु गर्न सक्नुहुन्छ त्यो दिनमा तपाईंलाई म धेरै धेरै धन्यबाद दिने छु। होइन भने फिफा र एएफसीबाट आएको रकम र एएफसी र फिफाले दिएको कार्यक्रम मात्र गरेर ऐतिहासिक काम गरेँ भनेर सस्तो प्रचारबाजी नगर्दा राम्रो होला। 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्