काठमाडौं-रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफा तथा सञ्चित मुनाफाबाट बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित जम्मा ५.२६ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो।
कम्पनीले उक्त लाभांसको प्रस्ताव १९ औ वार्षिक साधारणसभामा पेश गर्ने छ। साधारणसभा मंसिर २६ गते डाकेको छ। कोभिड १९ का कारण कम्पनीले भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ। मंसिर १४ गतेसम्म कायम शेयरधनीले प्रस्तावित बोनस शेयर प्राप्त गर्न सक्ने छन्। साधारणसभा प्रयोजनका लागि मंसिर १५ गतेदेखि बुक क्जोल हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।