काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा दुई जना उम्मेदवार निर्विरोध चयन भएका छन्। प्रदेश १ का तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट उम्मेदवारी दिएका सन्दीप अग्रवाल सर्वसम्मत केन्द्रीय सदस्य चयन भएका हुन्।
सात प्रदेशका लागि एक/एक कोटा केन्द्रीय सदस्यका लागि छुट्याउने व्यवस्था महासंघको विधानमा छ। यही कोटामा प्रदेश १ बाट राउत सर्वसम्मत चयन भएका हुन्। द्विराष्ट्रिय उद्योग वाणिज्य संघका तर्फबाट पनि एक जनाको मात्रै उम्मेदवारी परेपछि अग्रवाल सर्वसम्मत चयन भएको महासंघ निर्वाचन समितिले जनाएको छ।
महासंघकाे निर्वाचनबाट १ वरिष्ठ उपाध्यक्ष, १ एसाेरिएट, १ वस्तुगत र १ जिल्लानगर उपाध्यक्ष र ६० कार्यकारिणी सदस्य निर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।