काठमाडौं- फल्स चेम्बर जडान गरिएका २ वटा ट्याक्करलाई नेपाल आयल निगमले १५ लाख जरिवाना तिराउने भएको छ।
फल्स चेम्बर जडान गरिएका २०,२० हजार लिटर क्षमताका बिर वेताल आर्शिवाद कम्पनी प्रालिका ना७ख ३६९६ र ना७ख २९९५ नम्बरका दुई वटा ट्यांकरलाई निगमको प्रचलित नियमावलीबमोजिम कारबाही प्रकृया अगाडी बढाइएको निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए।
ती ट्यांकरले बाहिर र भित्रबाट हेर्दा सजिलैसँग पत्ता लगाउन नसकिने बनाई वेल्डिङ्ग गरी फल्स चेम्बर जडान गरेका थिए।
डिपोमा कार्यरत कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा उक्ता ट्यांकरमा रहेको चेम्बरको स्वीकृत मापदण्ड विपरीत थप अर्को फल्स चेम्बर बनाई जडान गरिएको पाइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।