काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन स्थगित गर्न माग गर्दै जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा निवेदन परेको छ। संस्थाको विधान र सर्वमान्य सिद्धान्त विपरीत निर्वाचन गर्न लागिएको भन्दै त्यसलाई रोक्न माग गर्दै निवेदन परेको हो।
उद्योग वाणिज्य महासंघ प्रदेश-२ का अध्यक्ष शिवशंकर साहले बिहीबार कठमाडौं प्रशासनमा निवेदन दिएका हुन्। महासंघको निर्वाचन स्थगित गर्न दिएको निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको छ।
महासंघको ५४औं साधरणसभा (नेतृत्व चयनसमेतको महाधिवेशन) यही मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने तय भएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।