• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

घातक निर्णयमा अघि बढ्दै क्यान, भारतीय कम्पनीलाई बेच्दै एनपिएल

क्यान प्रतिनिधिकै विरोध, तर सचिव भन्छन् - के फरक पर्छ? 
64x64
सराेज तामाङ बिहीबार, मंसिर ४, २०७७  १५:०५
1140x725

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता एक भारतीय कम्पनीलाई १० वर्षका लागि दिने तयारी गरेको छ। क्यानले आयोजना गर्ने प्रतियोगिताको सबै जिम्मा भारतीय कम्पनीलाई १० वर्षको ४२ करोड रुपैयाँमा दिने तयारी गरेको छ। 

क्यानले भारत दिल्लीमा रहेको एस थ्री स्पोर्ट्स नामको कम्पनीलाई एनपिएलको सम्पूर्ण स्वामित्व रहने गरी जिम्मा दिने तयारी गरेको हो। जब कि करोडौँको प्रतियोगितामा जिम्मा पाउन लागेको कम्पनीको अहिलेको पुँजी नै एक करोड नरहेको भन्दै क्यानभित्र नै आवाज उठिरहेको छ। 

एस थ्री स्पोर्ट्ससँग गर्न लागिएको सहमति अनुसार प्रतियोगिता आयोजना, टेलिभिजन प्रत्यक्ष प्रसारण अधिकारको व्यवस्थापन, खेलाडीको किनबेच, प्रायोजन अधिकार लगायतका सबै जिम्मेवारी सेभेन थ्रीले पाउनेछ। जसबाट त्यसको सम्पूर्ण आम्दानी एस थ्री स्पोर्ट्सको नै हुनेछ। जसले सबै विषयलाई हेर्दा १० वर्षको ४२ करोड रुपैयाँ पाउनु क्यानका लागि समेत घाटाको ब्यापार हुनेछ।  

बुधबार भर्चुअल रुपमा गरिएको क्यानको वार्षिक साधारण सभाले एनपिएल क्रिकेटको सम्झौता गर्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी केन्द्रिय कार्यसमितिलाई दिने निर्णय गरेको थियो। त्यसमा वार्षिक साधारण सभाका सबै प्रतिनिधिहरुको एकमत रहेको क्यानले जनाए पनि प्रतिनिधिहरु भने यो निर्णय राष्ट्रिय क्रिकेटका लागि घातक हुने बताउँछन्। 

‘अरुलाई प्रतियोगिता आयोजना गर्न दिएर आफूले त्यसको रोयल्टी मात्रै लिएर त यो घातक हुन्छ। एनपिएल भनेको क्यानको सम्पति हो। त्यसलाई आफैले नै अघि बढाउनुपर्छ’ क्यानका बागमती प्रदेश प्रतिनिधि तथा पूर्वक्रिकेटर राजु बस्न्यातले नेपाल लाइभसँग भनेका छन्, ‘हामीले बोल्दा सबै कुरामा विवाद ल्याउन खोजेको जस्तो अध्यक्ष र सचिव ज्यूहरु सोच्नुहुन्छ, तर हामीले विवाद ल्याउन खोजेको होइन। हामीले चाहिँ राम्रो होस् भनेर भनेका हौं।’ 

यस्तै राष्ट्रियतासँग जोडिने कुरामा हेलचक्र्याइँ गर्न नहुने क्यानका गण्डकी प्रदेश प्रतिनिधि सुमनराज कार्की बताउँछन्। ‘यो विषय राष्ट्रिय गौरवसँग जोडिन्छ। क्यानका पदाधिकारीले एनपिएल गर्न आँट गर्न सक्नु भएन। सर्वाधिकार हुनेगरी भारतीय कम्पनीलाई सुम्पिनु घातक नै छ। एसथ्री स्पोर्टस कम्पनीको निर्देशनमा क्यान चल्नु पर्यो भने त समस्या आउँछ’ उनले भने। 

क्यानका बारा जिल्ला प्रतिनिधि तथा पूर्वक्रिकेटर पवन अग्रवाल भारतीय कम्पनी मात्रै होइन कुनै पनि कम्पनीलाई पूरै स्वामित्वसहित एनपिएल गर्न दिनु नहुने बताउँछन्। उनी भन्छन्, ‘ अहिलेको प्रस्ताव अनुसार दिने हो भने त क्यानलाई फाइदा हुँदै हुँदैन। एनपिएल गरेको सबै फाइदा अरु कम्पनीले लिन्छ भने यसको के अर्थ?’ 

यसमा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल भने भारतीय कम्पनीलाई दिने पक्षमा नै बढिरहेका छन्। त्यसका लागि एस थ्री स्पोर्ट्ससँग सुरुवाती सहमति समेत भइसकेको छ। क्यान सचिव प्याकुरेल एनपिएलको सबै स्वामित्व भारतीय कम्पनीलाई दिन खोजेको नभई प्रतियोगिता आयोजनसम्बन्धी जिम्मा मात्र दिन खोजिएको बताउँछन्। 

Ncell 2
Ncell 2

‘क्यानले नै गर्नु पर्छ अरुले गर्नु हुँदैन भन्ने कुरा सत्य पनि होइन। यसलाई आवश्यकताभन्दा बढि राष्ट्रियतासँग जोड्नु हुँदैन। यहाँ भारतीय कम्पनी नभई श्रीलंकन कम्पनी भइदिएको भए के हुन्थ्यो?’ सचिव प्याकुरेल भन्छन्, ‘क्यानले हेर्ने भनेको हाम्रो कानुनसँग बाझिनु भएन, हाम्रो क्रिकेट खेलाडी र क्यानलाई फाइदा हुनु पर्यो। क्यानलाई त पैसा चाहियो नि। कहाँबाट ल्याउने त?’

यस्तो भन्छन् क्यान प्रतिनिधि

राजु बस्न्यात  (क्यान, बागमती प्रदेश प्रतिनिधि) 
इन्डियन कम्पनीलाई १० वर्षको लागि दिने भनेर प्रस्ताव आएको थियो। इन्डियन कम्पनीलाई लिजमा दिएको जसरी दिँदा त नेपाली क्रिकेटलाई घाटा हुन्छ कि भन्ने कुरा उठ्यो। १० वर्षको लागि ४२ करोड रुपैयाँमा दिने भन्ने कुरा भएको रहेछ। पहिलो वर्ष दुई करोड ५० लाखबाट सुरु भएर अन्तिम वर्ष साढे सात करोड रुपैयाँ दिने भन्ने कुरा भएको रहेछ।

अरुलाई प्रतियोगिता आयोजना गर्न दिएर आफूले त्यसको रोयल्टी मात्रै लिएर त यो घात हुन्छ। एनपिएल भनेको क्यानको सम्पति हो। यो कम्पनीको कुल पुँजी नै एक करोड रुपैयाँको मात्र रहेछ। अहिलेसम्म ठूलो इभेन्ट्सहरु नगरेको कम्पनी रहेछ। क्रिकेट संघका पदाधिकारीले भन्दा भारतीय क्रिकेटको ठूलो मान्छेहरु संलग्न छ भन्छन् तर हामीलाई ब्यक्ति होइन कम्पनी बलियो चाहिँएको हो।

मेरो मत भनेको ठूलो भन्दा ठूलो कम्पनीलाई प्रतियोगिताको म्यानेजमेन्टको लागि ल्याउने, स्पोन्सरहरु पनि खोज्ने। प्रतियोगिता क्यानले नै गर्नु पर्छ। आर्थिक कारोबार क्यानकै खाताबाट हुनुपर्छ भन्ने कुरा मेरो हो।

स्पोन्सर खोज्ने जिम्मा एजेन्सीलाई दिउँ। इभेन्ट म्यानेजमेन्टलाई हामी पारिश्रमिक दिउँ। तर प्रतियोगिता आफैले गरौं भन्ने हो। क्यानले ल्याएको प्रस्तावमा एनपिएलको सर्वाधिकार एस थ्री स्पोर्ट्ससँग रहने भनेको छ। फेरि फ्रेन्चाइजको जिम्मा चाहिँ क्यानले गर्नु पर्ने सर्त छ। यो घातक हो।

अहिले पो नेपाली क्रिकेटलाई दुई करोड रुपैयाँ भन्दा ठूलो लाग्ला। तर नेपालको क्रिकेट क्रेजलाई हेर्ने हो भने केही होइन। हामीले त्यो २ करोड ५० लाख रुपैयाँ त टिकेट बेचेर कमाउन सक्छौं। टिभी राइट्सको कुरा स्पोन्सरदेखि अन्य आयस्रोतको बाटो त छँदै छ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी बेलायतबाट लिएर आए पनि अस्ट्रेलिया या भारतबाट ल्याए पनि फरक परेन। तर प्रतियोगिता नै उनीहरुलाई जिम्मा लगाउन चाहिँ हुँदैन।

अध्यक्ष र सचिवले यो बारे गहिराइमा पुगेर राम्रोसँग नबुझ्नु भएको जस्तो लाग्छ। राम्रोसँग बुझेको भए यस्तो हुने थिएन कि। अर्को कुरा उहाँहरुसँग एनपिएल गर्न सक्ने क्षमता भएन कि जस्तो पनि लाग्यो। हामीले बोल्दा सबै कुरामा विवाद ल्याउन खोजेको जस्तो सोच्नु हुन्छ उहाँहरु। तर हामीले विवाद ल्याउन खोजेको होइन। हामीले चाहिँ राम्रो होस् भनेर भनेका हौं।

सुमनराज कार्की,  (क्यान, गण्डकी प्रदेश प्रतिनिधि)
साधारणसभामा अध्यक्ष र सचिवले भारतीय कम्पनी एस थ्री स्पोर्ट्सलाई दिने भनेर प्रस्ताव ल्याउनु भएको थियो। यसमा दुई मत छ। एनपिएल हुनु पर्छ। तर एस थ्री कम्पनीलाई नै किन दिने? भनेर कुरा उठाएँ। १० वर्षसम्म प्रतियोगिता जिम्मा दिनु ठीक होइन।

नेपालमा पिपिएल, डिपिएल र इपिएल भइरहेको छ। उहाँहरुले नाफा भएरै गरिरहनु भएको हो। क्यानले किन सक्दैन? राष्ट्रियतासँग जोडिएको कुरा हो। राष्ट्रिय गौरवसँग जोडिन्छ। क्यानका पदाधिकारीले एनपिएल गर्न आँट गर्न सक्नु भएन। सर्वाधिकार स्वामित्वमा हुनेगरी भारतीय कम्पनीलाई सुम्पिनु घातक नै छ। एसथ्री स्पोर्टस कम्पनीको निर्देशनमा क्यान चल्नु पर्यो भने समस्या आउँछ।

क्यानले नेपाली क्रिकेटको विकासमा गर्न खोजेको केही कुरामा कमी कमजोरी भएको छ। यसलाई सच्याएर जानु पर्छ। जसरी भए पनि एनपिएल हुनुपर्छ।

पवन अग्रवाल, (क्यान, बारा जिल्ला प्रतिनिधि)
एनपिएल नेपाल क्रिकेट संघ आफैले गर्नु पर्छ। कसैलाई लाइसेन्स दिएर गर्दा के फरक भयो र? अहिले पनि त इपिएल, डिपिएल र पिपिएल भएकै छ। त्यहाँ खेलिरहेकै छौं।

एउटा लिग थपेर त्यसको फाइदा नेपाल क्रिकेट संघलाई आउँदैन भने त्यसको अर्थ रहँदैन। क्यानले गर्न सक्छ। किन गर्न सक्दैन? क्यानले जोखिम उठाउनु पर्छ।

भारतीय कम्पनी मात्रै हैन कुनै पनि कम्पनीलाई पूरै स्वामित्वसहित एनपिएल गर्न दिनु हुँदैन। अहिलेको प्रस्ताव अनुसार दिने हो भने त क्यानलाई फाइदा हुँदै हुँदैन। एनपिएल गरेको सबै फाइदा अरु कम्पनीले लिन्छ भने यसको के अर्थ?

बोर्डले ल्याएको प्रस्ताव यो साधारणसभामा ल्याउनु पर्ने प्रस्ताव नै होइन। साधारण सभामा ल्याएपछि हामीले आफ्नो राय राखेको हो। यो एनपिएल अरुलाई जिम्मा दिने भन्ने कुरा नै ठीक छैन।

उनीहरुलाई जिम्मा दिँदा क्यानसँग स्वामित्व नै हुने भएन। स्वामित्व नै नभएपछि अरु लिग भन्दा फरक के भयो र? इपिएल, डिपिएल र पिपिएल गरेकै छौं त। त्यहाँबाट २० लाख रुपैयाँ आएकै छ। त्यहाँ जति फाइदा भएको छ कम्पनीले लिएको छ। त्यसैले त्यो भन्दा यो कसरी भिन्न भयो त? यतिमात्रै फरक हुने भयो कि अलिक बढि पैसा दिने भनेको छ। 

अर्जुन पोख्रेल, (इलाम जिल्ला क्रिकेट संघ, अध्यक्ष)
एनपिएल गर्नै पर्छ। त्यो पनि नेपाल क्रिकेट संघ क्यानले नै गर्नु पर्छ। एनपिएल गर्दा एकै दिन १० हजार दर्शक आउँछन् भने टिकट दर २०० तोकिएमा २० लाख रुपैयाँ उठ्छ। एनपिएल २० दिन मात्रै भएमा पनि त्यो २ करोड ५० लाख त उठ्छ। यो सामान्य कुरा हो।

स्पोन्सरहरुको कुरा रह्यो। टिभी राइट्स छ। आय स्रोतको अन्य पक्ष पनि छन्। एनपिएल क्रिकेटको विकासको लागि राम्रो सुरुवात हुन सक्छ। फेरि एनपिएल भन्ने वित्तिकै त्यसको उचाई अर्कै हुन्छ।

अर्को कुरा यो राष्ट्रिय गौरवसँग जोडिएको विषय हो। त्यसैले यो एनपिएल अरु कसैलाई गर्न दिनु ठिक लागेन। क्यानले आफै प्रतियोगिता आयोजना गर्नु पर्छ। यदि अरु कसैलाई गर्न दिन्छ भने उसँग पैसा लिने होइन। इभेन्ट म्यानेजमेन्टको रुपमा जिम्मा दिएर कम्पनीलाई पारिश्रमिक दिएर सबै जिम्मा क्यानले लिने हो।  

त्यहिँमाथि यो १० वर्षे अवधि धेरै लामो हो। यसले नेपाली क्रिकेटलाई निकै असर गर्न सक्छ। अहिले मार्केट डाउन भएको छ। केही भएको छैन। अहिलेको अवस्थामा ठीक होला। तर सधैं यस्तो हुँदैन। तर रातारात कुनै कम्पनीसँग सम्झौता गरेर एनपिएल अरुलाई नै दिनु चाहिँ गलत हो।

चुनावमा जिताएर पठाएका छौं। विगतमा विभिन्न समस्या आयो। फेरि क्यानमा समस्या नहोस् भन्ने हो। विरोधका लागि विरोध गरिस् भन्नु हुन्छ। यो राष्ट्रिय गौरवको विषय हो। नेपाल सरकारसँग सहयोग माग्दा बजेट हाल्छ। खुट्टा कमाएर अरुलाई नै एनपिएल जिम्मा दिनु हुँदैन। यदि जिम्मा दिने नै निर्णय क्यानले गरे त्यो घातक हुन्छ।  

अशोकनाथ प्याकुरेल, सचिव क्यान
एनपिएलका सम्बन्धमा यस्तो यस्तो गर्ने भनेर केही दिनअघि एमओयू भएको थियो। तर लिखित सम्झौता भएको छैन।

उहाँहरुको प्रस्तावमा मैदान आवश्यकता अनुसार सुधार गर्ने, जुनियर क्रिकेटको काम पनि गर्ने, एम्पायर, क्युरेटरहरुसँग ज्ञान आदनप्रदान गर्ने, फ्रेन्चाइज, टिम सबै गरेर १० वर्षपछि क्यानलाई एनपिएल जिम्मा दिने उहाँहरुको प्रस्ताव थियो। यो अवाधिमा ४२ करोड रुपैयाँ क्यानलाई दिने उहाँहरुको प्रस्ताव हो। अब यसमा ४२ करोड थोर भयो, १० वर्षे समय अवधि बढि भयो, क्यान आफैले किन नगर्ने? लगायतका कुराहरु आएको छ।

क्यानले गर्न पनि सक्छ। गर्नै पर्छ भन्ने जरुरी छैन भन्ने मत पनि छ। साधारणसभाले खेलाडी र क्रिकेटको हित हुने गरी निर्णय लिनु भनेर बोर्डलाई जिम्मा दिएको छ। बोर्डले अब अध्ययन गर्छ। सबै कुराको निचोड गरेर निर्णय लिन्छ।

यहाँ कुरा त के पनि आएको थियो भने, भारतीय कम्पनीलाई दियो। राष्ट्रियतासँग जोडिएको छ। बेच्न लाग्यो। ठेक्का खायो जस्ता सबै कुरा आएको छ। अहिले यी पक्षहरुको बारे बोल्न चाहन्न। क्यानले एनपिएल गर्न सक्छ। गर्न नसक्ने होइन। क्यानले नै गर्नु पर्छ अरुले गर्नु हुँदैन भन्ने कुरा सत्य पनि होइन। यसलाई आवश्यकताभन्दा बढि राष्ट्रियतासँग जोड्नु हुँदैन। यहाँ भारतीय कम्पनी नभई श्रीलंकन कम्पनी भइदिएको भए के हुन्थ्यो? भारतीय कम्पनी हुँदा के फरक पर्छ? 

क्यानले हेर्ने भनेको हाम्रो कानुनसँग बाझिनु भएन, हाम्रो क्रिकेट, खेलाडी र क्यानलाई फाइदा हुनु पर्यो। क्यानलाई त पैसा चाहियो नि। कहाँबाट ल्याउने? आइसिसीले दिने ७-८ करोड रुपैयाँ हल्लाएर बस्यो भने तपाईंहरु नै गाली गर्न थाल्नु हुन्छ के गरिस्? भनेर। क्यानले त सयौं कामहरु गर्नु छ। ती कामहरुमा एउटा हो एनपिएल।

हामीले स्वामित्व नै उनीहरुलाई सुम्पिन खोजेको होइन। यो गलत कुरा हो। स्वामित्व नेपाल क्रिकेट संघको हो।  फ्रेन्चाइज टिम, ब्रोडकास्टर, स्पोन्सर सबै उसैले गर्छ। तर स्वामित्व चाहिँ क्यानकै हो। क्यानले पैसा लिएर एनपिएल ठेक्कामा दिन खोजेको चाहिँ होइन। 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
टी–२० विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई भारतले दियो २५६ रनको कीर्तिमानी लक्ष्य तीन जना ब्याटरको अर्धशतकीय पारीमा भारतले न्यूजिल्यान्डलाई २५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । यो लक्ष्य टी–२० क्रिकेट इतिहासमै... आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड भिड्दै बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारतले न्यु जिल्यान्डसँगको भेट पक्का गरेको हो। न्युजिल्यान्ड... आइतबार, फागुन २४, २०८२
टी–२० विश्वकप: निकै रोमाञ्चक खेलमा इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत फाइनलमा जेकब बेथेलको आक्रामक शतकका बावजुद पनि इंग्ल्यान्ड लक्ष्य नजिक पुगेर फाइनल यात्राबाट चुक्यो । पहिले ब्याटिङ गर्दै भारतले दिएको २५४ वि... बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
ग्यास अभावमा उपभोक्ता र वितरक दुवैतर्फको थुपार्ने मानसिकता जिम्मेवार : सचिव बुर्लाकोटी आइतबार, चैत १, २०८२
रविको मुद्दा फिर्ता निर्णयविरुद्धको पेसी सुवेदी र पोखरेलको इजलासमा आइतबार, चैत १, २०८२
सुनचाँदीको मूल्य घट्यो आइतबार, चैत १, २०८२
माथिल्लो तहका नेताबाटै घृणायुक्त अभिव्यक्ति दिइयो : योगेश भट्टराई आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्