काठमाडौैं-सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। बिहीबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि १२ सय १५ रुपैयाँ कायम भएको छ।
बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।