काठमाडौं– तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको नयाँ गीत 'जोगी भए' सार्वजनिक भएको छ । चर्चित उखान, टुक्काहरु समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली 'इट्टाघरे'को शब्द र दीपक शर्माको संगीत रहेको छ।
उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सँगै लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको छ।
गीतमा पछिल्लो समय रुचाइको डान्सिङ ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।
सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिङको सिनेमाटोग्राफी र सम्पादन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।