काठमाडौं- बुधबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक २५ गते बस्ने तय, प्रचण्डको प्रस्तावमा काउन्टर दिनेगरी ओलीको राजनीतिक प्रतिवेदन आउने । (प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन आउने )
२) थप १२ कोरोना संक्रमितको मृत्यु, १ हजार २५९ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ३८ सहित १ हजार ४४२ जनामा संक्रमण, २ लाख १२ हजार ९१७ पुगे संक्रमित । ( नेपालमा १२५९ पुगे मृतक )
३) कोभिड–१९ को जोखिम नभएका तथा कम जोखिम भएका स्थानीय तहका विद्यालय आलोपालो विधिमार्फत् सञ्चालन गर्न पाउने, विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई । ( विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारलाई )
४) अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा निर्वाचन धाँधली भएको छैन भन्ने निर्वाचन सुरक्षा अधिकारी बर्खास्त, क्रिसले जारी गरेको वक्तव्य सरासर झुट रहेको ट्रम्पको आरोप । ( ट्रम्पद्वारा निर्वाचन सुरक्षा अधिकारी बर्खास्त )
५) र, पाकिस्तान सुपर लिगको उपाधि कराची किंग्सलाई, लाहोर कलान्डर्सविरुद्ध पाँच विकेटको जित, फाइनल खेलमा प्लेयर अफ द म्याच भएका बाबर अजाम प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित । ( पाकिस्तान सुपर लिगको उपाधि कराचीलाई )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।