काठमाडौं- तिहार बिदापछि खुलेको पहिलो कारोबार २३.३२ अंकको सुधार भएको छ। सूचकमा सुधार भएसँगै कारोबार रकम ४ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ। सूचिकृत कम्पनी मध्ये क वर्गका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स घटे पनि समग्र नेप्से सूचकमा भने सुधार आएको हो।
नेप्से सूचक सुधार हुने क्रममा १७४१.८१ अंकमा रोकिएको छ। कारोबार खुलेको केहि समय रातोदेखिए पनि ३० मिनेट पछि लगातार बढ्ने क्रममा १७४१ अंक पुगेको हो। वित्तीय अनुसासन पुरा नगरेका कम्पनीहरुमा लगानीकर्ताको बढ्दो आकर्षणले गर्दा सेन्सेटिभ इन्डेक्स घट्दा पनि बजार सुधार भएको हो। कतिपय कम्पनीहरुमा बढी नाफा हुने प्रलोभनका कारण पनि लगानीकर्ताको आकर्षणदेखिएको हो। वित्तीय अवस्था खासै राम्रो नभएका तथा बलियो लगानी समुहका कारण ती कम्पनीमा उछाल आएको हो।
लाभांश वितरण गरिसकेको शिवम् समिन्टको शेयर मूल्यमा सर्किट लागेको छ। जम्मा ७२ वटा कम्पनीमा आएको उछालका कारण नेप्से सूचक २३ अंकले सुधारिएको हो। जम्मा १९४ वटा कम्पनीको कारोबार हुँदा ८७ वटाको मूल्यमा गिरावट आएको छ। बजार सुधार हुनेमा शेयर पुँजी कम भएका र बजारमा शेयर सप्लाई कम भएका कम्पनीको मूल्य अत्याधिक बढेको छ। बढि कमाउने प्रलोभनका कारण ति कम्पनीमा अत्यधिक आकर्षण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।