काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि प्रस्ताव ल्याउने भएका छन्।
यसअघि गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले १९ पृष्ठको प्रस्ताव पेश गरेका थिए। ओलीको कार्यशैलीको आलोचना गरिएको सो प्रस्तावप्रति ओली र उनी पक्षका नेताहरुले असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
आजको बैठकमा ओलीले प्रस्ताव ल्याउने बारे जानकारी गराइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।