काठमाडौं- गायक स्वरुप आचार्यको स्वरमा 'एकतर्फी माया' गीत भिडियोसहित सार्वजनिक भएको छ।
डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको गीतमा प्रेमिल मनहरु बिछोडिनु पर्दाको पिडालाई व्यक्त गरिएको छ।
महेश कुमारको छायांकन, कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशनमा तयार भएको भिडियोमा लोकराज ओझा र सिन्धु वलीको अभिनय छ।
केआरपी इन्टरटेन्मेन्टले गीतलाई बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।