काठमाडौं–महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमांकीय मूल्यांकन गरी बीमितहरुलाई प्रादान गरिने पोलिसी बोनस घोषणा गरेको छ।
बिमा समितिको कात्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भएबमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक ‘महालक्ष्मी सरल’ र ‘महालक्ष्मी जीवन हेरचार बिमा’ को २०७५र७६ का लागि न्यूनतम ५० रुपैयाँ प्रतिहजारका दरले बोनस घोषणा गरेको हो।
बिमा समितिले हालै जारी गरेको संसोधित बिमांकीय मूल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको विमांकीय मूल्यांकन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभएसम्मका लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ।
महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ कम्पनीहरुमा पहिलोपटक उक्त व्यवस्था सहितको मूल्याङ्कन गरि बोनस दर घोषणा गरेको हो। आगामी बिमांकीय मूल्यांकन नभएसम्मका लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ। बिमा समितिबाट स्वीकृत बोनस निम्न बमोजिम रहेको छ।
कम्पनीको बिमा पोलिसी अनुसार बोनस दर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।