काठमाडौं-सिटिजन्स बैंकले प्रस्ताव गरेको लाभांसलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ। यससँगै बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३ प्रतिशत नगद लाभांस र ८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव साधारणसभामा लैजाने भएको छ।
बैंकले मंसिर २० गते १४ औ वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिन बुक क्लोज गर्ने भएको छ। मंसिर १० गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन्। लेखा परीक्षण प्रतिवेदनपछि बैंकले एक अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको देखिएकाे छ। जसमध्ये एक अर्बको लाभांस वितरण गर्ने छ।
हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ। बोनस शेयर पछि चुक्ता पुँजी ९ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।