काठमाडौैं-तिहार बिदापछि सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ। यो मूल्य कात्तिक २८ को तुलनामा १ सय रुपैयाँले कम हो। कात्तिक २८ गते छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो।
यता चाँदीको मूल्य भने बढेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ। कात्तिक २८ मा चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको थियो। तिहारपछिको पहिलो दिन चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।