काठमाडौं- सोमबारका प्रमुख घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) नेकपाभित्रको विवाद : पूर्वमाओवादी नेता फकाउने प्रयासमा ओली, पार्टीका दुई अध्यक्षबीच लिखितरुपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ भएपछि सामाजिक सञ्जालमा देखिँदै ध्रुवीकरण
२) नेपालमा थप ९ कोरोना संक्रमितको मृत्यु, १ हजार २३० पुगे मृतक, १ हजार १९७ जनामा संक्रमण, २ लाख १० हजार ९७३ पुगे संक्रमित
३) हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी हुककंदा ७ नेपालीको मृत्यु, १७ जना घाइते, हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लामले घटनास्थल पुगेर लिए जानकारी
४) अमेरिकाले देशलाई गहिरोसँग विभाजित गर्ने “सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू“लाई उल्टाउनुपर्ने पूर्व राष्ट्रपति बराक ओबामाको भनाइ, चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको दाबी
५) र, नेसन्स लिग फुटबलमा पोल्यान्डविरुद्ध इटालीको सहज जित, पोल्यान्ड २–० गोल अन्तरले पराजित, अर्को खेलमा बोस्नियाविरुद्ध नेदरल्यान्ड्स ३–१ गोलअन्तरले विजयी
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।