पटना- नीतिश कुमारले सातौँपटक विहारको मुख्यमन्त्री पदको सपथ लिएका छन्। सोमबार दिउँसो साढे ४ बजे एनडिएका नेता नीतिशले मुख्यमन्त्रीका रूपमा सपथ लिएका हुन्।
यसअघि आइतबार मात्र एनडिएको विधायक दलको नेतामा उनी सर्वसम्मत चुनिएका थिए। राज्यपाल फागु चौहानले उनलाई सपथ ग्रहण गराएका थिए।
नीतिशसँगै भारतीय जनता पार्टी (बीजेपी)का तर्फबाट तारकिशोर प्रसाद र रेणु देवीले पनि मन्त्री पदका लागि सपथ लिएको बताइएको छ। नीतिश कुमार आबद्ध गठबन्धनले विधानसभाको २४३ सिटमध्ये १२५ सिट ल्याएको थियो। भाजपा र नीतिशको गठबन्धन एउटै हो। कांग्रेस समर्थित महागठबन्धनले भने ११० सिटमा चित्त बुझाएको छ भने अन्य दलले ८ सिटमा जित हासिल गरेका छन्।
सन् २००० मार्च ३ मा नीतिशकुमारले पहिलोपटक विहारको मुख्यमन्त्रीका रूपमा सपथ लिएका थिए। यसपछि, २००५, २०१०, २०१५, २०१७ र २०१८ मा पनि उनी मुख्यमन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।