काठमाडौं– हुन्डी कारोबारको आरोपमा प्रहरीले न्यूरोडबाट एक युवकलाई पक्राउ गरेको छ। झापाका विपिन उप्रेतीलाई महानगरीय प्रहरी वृत्त जनसेवाले १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।
कारोबारको रकम लिएर हिडेको अवस्थामा उनी पक्राउ परेका हुन्। उनको मोबाइल चेक गर्दा ३३ लाख रुपैयाँको कारोबार भेटिएको छ।
उक्त कारोबारका प्रमुख नाइके रमेश शिवाकोटी भएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।