• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मिठाई व्यापार भएन उत्साहजनक 

64x64
निर्मला घिमिरे शनिबार, कात्तिक २९, २०७७  ११:१९
1140x725

काठमाडौं–उज्यालोको पर्व मात्र नभएर मिठाईको पर्व पनि हो तिहार। दिदीबहिनीले आफ्ना दाजुभाइहरुलाई भाइटीकाको दिन टीका लगाएर मीठा–मीठा परिकार खुवाउने प्रचलनअनुरुप तिहारमा मिठाईको प्रयोग बढ्दै गएको छ। 

यतिबेला उपत्यकाका मिठाई पसलहरुमा थरिथरिका मिठाई तयार गरी बेच्न राखिएका छन्। पसलेहरु ग्राहक कुरिरहेका छन् । तर कोरोना महामारीकाबीच यस वर्षको तिहारमा मिठाई खरिदका लागि सोचेजति ग्राहक नआएको व्यापारीहरुले बताएका छन्। 

मिठाई व्यापारीहरु अघिल्ला वर्षजस्तो उत्साहित हुन सकेका छैनन्। सोचेजस्तो व्यापार नभएपछि झण्डै ८ महिना थला परेको मिठाई व्यापार तंग्रिने आशामा बसेका उनीहरु अझै उत्साहित हुन नसकेका हुन्। 

लक्ष्मीपुजाको दिन पनि व्यापार सोचेजस्तो नभएको कलंकी चोकस्थित मिठाई भण्डारका सञ्चालक प्रदीप उपाध्याय बताउँछन्। 

‘अघिल्ला वर्ष यतिबेलासम्म २ लाखको व्यापार भइसक्थ्यो। यो वर्ष त खै केही व्यापार छैन,’ उपाध्यायले नेपाल लाईभसँग भने । 
 
२४ वर्षदेखि उपत्यकाका विभिन्न स्थानमा मिठाई व्यापार गर्दै आएका उनी यो वर्ष सबैभन्दा कम व्यापार भएको बताउँछन्। 

‘आजभोलि त मुस्किलले ३० हजारसम्मको व्यापार हुन्छ। लक्ष्मी पूजाको दिन पनि बिहान त व्यापार छैन । बेलुकासम्म हुन्छ कि भन्ने आशा छ,’ व्यापारी उपाध्याय भन्छन्, ‘व्यापार हुने आशाले मिठाईहरु बनाइएको छ। हेरौँ अब कति हुन्छ ।’

स्युचटारस्थित राधेश्याम मिठाई भण्डारका सञ्चालक गोविन्द दाहाल कोरोनाका कारण यो वर्ष कति मिठाई तयार गर्ने भन्ने विषयमा नै आफू अलमल परेको बताउँछन्। ‘खासै चहलपहल देखिएको छैन। कति बिक्री हुने हो भनेर अड्कल गर्ने सक्ने अबस्था पनि छैन’ व्यापारी दाहालले सुनाए।

Ncell 2
Ncell 2

क्षेत्रपाटीस्थित कुमारी स्वीट्सका सञ्चालक सरोज ताम्राकार पनि अहिले अर्डरहरु धेरै नआएको बताउँछन्। ‘ग्राहकहरुको चहलपहल पनि निकै कम छ । तर व्यापार अलि अलि भएको छ । अघिल्लो वर्षमा जस्तो तिहारमा मिठाई व्यापारको चटारो छैन,’ उनले भने। 

विशेषगरी मिठाई व्यापार धनतेरस, लक्ष्मीपूजा र भाइटीकाको दिन बिहानसम्म सामान्य समयभन्दा २० देखि २५ प्रतिशत बढी हुने व्यापारीहरु बताउँछन् । तर यो वर्ष करिब ६० प्रतिशतले घटेको व्यापारीहरुको भनाइ छ। खासगरी लड्डु, पेडा, रसवरी, बर्फी, खुवा, गुदपाक, लालमोहन लगायत मिठाईको माग तिहारमा बढ्छ। 

तिहारमा मिठाईको माग बढ्ने भएसँगै व्यापारीहरुले अखाद्य वस्तु मिसाउने प्रवृत्ति रहेको गुनासाहरु समेत बढ्ने गरेका छन्। उपभोक्ताहरुको यस्तो गुनासोमाथि चाडबाडको बेलामा नियामक निकायले अनुगमनसमेत गर्दै आएको छ। तर प्रभावकारी अनुगमनको अभावमा मिठाईहरुमा अखाद्य वस्तु मिसाउने तथा कालाबजारीको प्रवृत्ति बढ्दै गएकोे छ । मिठाईलाई रंगिन तथा आकर्षक र लामो समयसम्म टिक्ने बनाउने नाममा मानव शरीरलाई असर पुर्‍याउने रंग तथा तत्वहरु मिसाउने प्रवृत्ति बढेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्ष विभागले अनुगमनलाई विभागले तीव्रता दिएको जनाएको छ। 

विभागका सूचना अधिकारी शिवराज सेढाईंले विभागको टोलीले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको दावी गरे। 

‘विभागबाट टोलीहरु खटिएर नियमित अनुगमन गरिरहेका छौँ, उनले भने, ‘मिठाईमा अखाद्य वस्तु मिसावट नगर्न तथा सरसफाइमा ध्यान दिन व्यवसायीहरुलाई निर्देशन तथा त्यस्तो गरेको पाइएमा कडा कारबाहीको चेतावनी समेत दिएका छौँ ।’

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ११:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो । बुधबार, माघ १४, २०८२
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघक... बुधबार, माघ १४, २०८२
सुनचाँदीको मूल्यमा आज पनि नयाँ रेकर्ड आइतबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ३ सय रुप... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्