काठमाडौं- जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन्। उनीहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम भएका हुन्।
खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी भएका छन्। उनीहरूले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम भएका हुन्।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय प्रदान गरियो।
विजयीलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले पुरस्कार वितरण गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।