काठमाडौं-शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा २ सयले घटेर ९४ हजार ७ सय कायम भएको थियो भने शुक्रबार ५ सयले घटेको हो।
यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ रहेकोमा शुक्रबारका लागि पनि त्यति नै तोकिएको छ। बुधबार पनि नेपाली बजारमा चाँदी १२ सय २० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।