• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कर र भन्सारका ५ दर्जन हाकिमको एकै पटक सरुवा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २८, २०७७  ११:०२
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले राजस्व समूहका पाँच दर्जनभन्दा धेरै उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले विहीबार उनीहरूको सरुवा गरेको हो। 

मन्त्रालयका अनुसार उपसचिव जनकराज शर्माको सरुवा आन्तरिक राजस्व कार्यालय बागलुङमा भएको छ। बजेट तथा कार्यक्रम महाशाखामा रहेका उनलाई बागलुङ पठाइएको हो। यही महाशाखाबाट उपसचिव तीर्थराज चिलुवालको आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा सरुवा भएको छ। उपसचिव भुपालराज शाक्य मध्यमस्तरीय करदाता कार्यालय गएका छन्। 

यसैगरी मन्त्रालयबाटै उपसचिव नारायण ढकाल आन्तरिक राजस्व कार्यालय दमौली गएका छन्। त्यहाँबाट सूर्य सेढाँईलाई भन्सार विभाग ल्याइएको छ। उपसचिवहरू हरिहर पौडेल र दिलिप केसीको वीरगञ्ज भन्सार कार्यालय पर्सामा सरुवा भएको छ। त्यहाँका गोलाप खत्री अर्थ मन्त्रालय आएका छन्। सुख्खा बन्दरगाह भन्सार कार्यालयमा यसअघि नै उपसचिव लालबहादुर खत्रीलाई पठाइएको छ। 

मन्त्रालयबाट उपसचिव ध्रुव पोखरेल ठूला करदाता कार्यालय गएका छन्। मन्त्रालयबाट सुवोध खतिवडालाई आन्तरिक राजस्व कार्यालय बालाजु पठाइएको छ। बालाजुका ईन्द्र देवकोटा मनन्त्रालय फर्केका छन्। 

राजस्व अनुसन्धान विभागमा ४ वर्ष बसेका उपसचिव रामप्रसाद रेग्मी रसुवागढी भन्सारको प्रमुख भएका छन्। त्यहाँका पुण्यविक्रम खड्का भन्सार विभाग आएका छन्। रेग्मीले आफू भैरहवा जान पाउनुपर्ने माग गर्दै आएका थिए। राजस्व अनुसन्धान विभागमा यसअघि नै उपसचिव उमेश श्रेष्ठलाई पठाइएको थियो। 

आन्तरिक राजस्व कार्यालयतर्फ महत्वपूर्ण मानिने भरतपुर कार्यालयको प्रमुख घनश्याम पन्थीलाई बनाइएको छ। त्यहाँका शुभप्रसाद रिजाल आन्तरिक राजस्व विभाग आएका छन्। आन्तरिक राजस्व विभागका शालिकराम आचार्यलाई आन्तरिक राजस्व कार्यालय हेटौँडा पठाइएको छ। 

भैरहवा भन्सारको प्रमुख मणिराम पौडेल भएका छन्। आन्तरिक राजस्व कार्यालय भैरहवामा भन्सार विभागबाट मुक्तिराम आचार्यलाई पठाइएको छ। आन्तरिक राजस्व विभागबाट शरदचन्द्र पौडेल नेपालगञ्ज पुगेका छन्। विभागबाट सम्झना बराल र जगदिश बसेललाई ठूला करदाता कार्यालय पठाइएको छ। यस्तै गोपी कोइराला आन्तरिक राजस्व कार्यालय दाङ गएका छन्। 

उपसचिव राजकुमार खतिवडाको आन्तरिक राजस्व कार्यालय लहानमा सरुवा भएको छ। सुरुमा उनको भरतपुर सरुवा हुने चर्चा थियो। यस्तै नारायण भण्डारी आन्तरिक राजस्व कार्यालय सिमरा गएका छन्। उपसचिवहरू डिल्ली लेखक र विश्वबन्धु पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हेमराज सुवेदी र मदन दाहालको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। कमल राजलवटको आन्तरिक राजस्व कार्यालय धुलिखेल र जय भण्डारीको नेपालगञ्ज भन्सारमा सरुवा भएको छ। आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख रामप्रसाद मैनालीको सरुवा आन्तरिक राजस्व कार्यालय सुर्खेतमा भएको छ। 

आन्तरिक राजस्व कार्यालय पुतलीसडकका प्रमुख नरबहादुर थापाको कैलाली भन्सारमा र उपसचिव टंक लम्सालको अर्थ मन्त्रालयमा सरुवा भएको छ। कर्ण तिमिल्सिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट टंगाल पुगेका छन्।

आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा उपसचिव नरेन्द्र पाण्डे गएका छन्। त्यहाँबाट लालप्रसाद शर्मालाई आन्तरिक राजस्व विभाग ल्याइएको छ। मिमांस अधिकारीको कञ्चनपुर भन्सार कार्यालयमा सरुवा भएको छ। 

भन्सार विभागबाट राजेन्द्र चुडाललाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख बनाइएको छ। त्यहाँका शरद निरौलालाई अर्थ मन्त्रालय ल्याइएको छ। लोकप्रसाद न्यौपानेको सरुवा तालिम केन्द्रमा सरुवा भएको छ। ध्रुव ज्ञवालीको आन्तरिक राजस्व विभागमा सरुवा भएको छ। उपसचिव प्रकाश पौडेल आन्तरिक राजस्व विभाग गएका छन्। 

Xtrem

Xtrem

उपसचिवहरू शन्त ढकाल र पूर्ण न्यौपानेको सरुवा ठूला करदाता कार्यालयमा भएको छ। तुलसी चौलागाईंको अर्थ मन्त्रालयमा र खेमनारायण रेग्मीको  राजस्व परामर्श विकास समितिमा सरुवा भएको छ। 

रामप्रसाद पाठक अर्थ मन्त्रालयमा, लक्ष्मी पराजुली आन्तरिक राजस्व विभागमा,  डमरु पराजुली आन्तरिक राजस्व कार्यालय दमकमा र निरन भट्टराई ललितपुर क्षेत्र नं २ मा सरुवा भएका छन्। 

ध्रुव पाण्डेको सरुवा आन्तरिक राजस्व कार्यालय बुटवलमा भएको छ। नवराज अर्याल ठूला करदाता कार्यालय गएका छन्। अर्जुन न्यौपानेको सरुवा सुनसरी भन्सारमा भएको छ। जनार्दन पौडेल कृष्णनगर भन्सारमा सरुवा भएको छ। विष्णु पौडेल र किशोर बर्तौला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गएका छन्। 

ईश्वरी अर्याल अर्थ मन्त्रालय फर्केका छन्। राजनबाबु काफ्ले भन्सार जाँचपास परीक्षण कार्यालयमा र शान्तिराम निरौला आन्तरिक राजस्व कार्यालय इटहरीमा सरुवा भएका छन्।  कमल भट्टराई भैरहवाबाट भन्सार विभाग फर्केका छन्। गोपाल खत्रीको अर्थ मन्त्रालयमा सरुवा भएको छ। मानबहादुर खत्री भन्सार विभाग आएका छन्। 

तिलक खड्का आन्तरिक राजस्व कार्यालय कोटेश्वरको कार्यालय प्रमुख भएका छन्। गजेन्द्र यादवको सरुवा आन्तरिक राजस्व कार्यालय जनकपुरमा भएको छ। सुदिश अर्यालय मध्यमस्तरीय करदाता कार्यालय गएका छन्। दिनेश पाण्डे आन्तरिक राजस्व कार्यालय कृष्णनगरमा गएका छन्। 

सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र अन्य निकायमा खटिएका केही उपसचिवको भने सरुवा हुन बाँकी छ। विन्देश्वरप्रसाद लेखकसहितका उपसचिवहरू अर्थ मन्त्रालय आउनेछन्। त्यसपछि मात्रै उनीहरूको सरुवा हुनेछ।

१४ भाइलाई दरबन्दीमा पठाइयो
दुई वर्षअघि प्रदेश गएका राजस्व समूहका १४ उपसचिवहरू संघमा फर्किएसँगै उनीहरूलाई विभिन्न दरबन्दीमा पठाइएको छ। प्रदेशमा काजमा गएका उनीहरूको सामान्य प्रशासन मन्त्रालयले त्यहीँ समायोजन गरिदिएको थियो। 

समायोजनविरुद्ध अदालत गएका उनीहरूको भदौमा काज फिर्ता भएको थियो। काज फिर्ता भएसँगै उनीहरूलाई अर्थले नयाँ जिम्मेवारी दिएको हो। 
राजस्व समूहका उपसचिवहरूमा किशोर बर्तौला, जनार्दन पौडेल, घनश्याम पन्थी, अर्जुनकुमार न्यौपाने, राजेन्द्रप्रसाद चुडाल, दिलिप केसी, हरिहर पौडेल, ध्रुवप्रसाद पाण्डे, नवराज अर्याल, निरन भट्टराई, सुदिशकुमार अर्याल, तिलकबहादुर खड्का, गजेन्द्रप्रसाद यादव र दिनेश पाण्डे प्रदेशबाट फर्किएका हुन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७  ११:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्