काठमाडौं–कोभिड–१९ का कारण ऋणीले व्याज भुक्तानी नगर्दा सनराइज बैंकको नाफामा १५.७१ प्रतिशतले गिरावट आएको छ।
बैंकले गत वर्षको भन्दा कर्जा विस्तार गरे पनि व्याज आम्दानी घट्दा समग्र नाफामै असर गरेको हो। बैंकले यस वर्ष २ अर्ब ३७ करोड रुपैयाँ व्याज आम्दानी गरेको छ। जबकि गत वर्षमै दुई अर्ब ५५ करोड रुपैयाँ थियो। त्यसैले गर्दा खुद व्याज आम्दानी १५.६८ प्रतिशतले घटेर ९२ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकले तीन महिना अवधिमा ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर वितरण योग्य मुनाफा भने २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक छ। तीन महिनाको अवधिमा बैंकले १.४७ प्रतिशतले निक्षेप बढाउदा कर्जा लगानी भने ४.८५ प्रतिशतले बढाएको छ। यसै अवधिमा बैंकले ९१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरि ८४ अर्ब ९६ करोड रुपैयाँ कर्जा विस्तार गरेको हो।
खराब कर्जा थोरैले मात्रै बढेर १।५८ प्रतिशत पुगेको छ। कस्ट अफ फण्डमा कमि आएको छ भने स्प्रेडदर पनि ४.५० प्रतिशतबाट ४.३३ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी ३ रुपैयाँले घटेर १७ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।