काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) कोरोना परीक्षणमा ल्याबको लापरबाहीका लागि नेपाल एयरलाइन्सलाई हङकङ उडानमा तेस्रोपटक प्रतिबन्ध, हङकङ पुगेका १४ यात्रुमा कोरोना पोजेटिभ देखिएपछि १२ नोभेम्बरदेखि २५ नोभेम्बरसम्ममा उडान रोकियो । ( कोरोना परीक्षणमा ल्याबको लापरबाही )
२) नेपालमा थप १५ कोरोना संक्रमितको मृत्यु, १ हजार १८९ पुगे मृतक, काठमाडौं उपत्यकामा ९७३ सहित १ हजार ९१३ जनामा संक्रमण, २ लाख ४ हजार २४२ पुगे संक्रमित । ( नेपालमा ११८९ पुगे मृतक )
३) कोरोना महामारी नियन्त्रणमा २० अर्ब रुपैयाँ खर्चको विवरण सार्वजनिक, पछिल्ला चार महिनामा मात्र ६ अर्ब ८१ करोड ५९ लाख रुपैयाँ सकियो, महामारी बढेको बढ्यै । ( कोरोना नियन्त्रणमा २० अर्ब खर्च )
४) म्यानमारमा यसै साता सम्पन्न चुनावको परिणामलाई सेना समर्थित दलले नमान्ने घोषणा, चुनावमा धाँधलीको आरोप लगाउँदै यूएसडीपीद्वारा पुनः निर्वाचनको माग । ( म्यान्मारमा पुनः निर्वाचनको माग )
५) र, फिफा विश्वकप फुटबल र एएफसी एसियन कप अन्तर्गत छनोट चरणका खेलका लागि नयाँ मिति तय, दोस्रो चरणका खेलहरू आउँदो जुन १५ सम्म सक्ने गरी तयारी । ( विश्वकप र एसियन कपको नयाँ मिति तय )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।