काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पिसिआर परीक्षण शुल्क यथावत् रहेको जानकारी दिएको छ। बिहीबार एक सूचना जारी गर्दै कोरोना परीक्षणमा २ हजार तिर्नैपर्ने व्यवस्था रहेको जानकारी दिएको हो।
अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र लक्षण देखिएको खण्डमा अस्पतालका कर्मचारीका लागि भने निशुल्क परीक्षण गरिने जानकारी दिइएको छ। तर निशुल्क र सशुल्क गरी दिनमा बढीमा ३ सय जनाको मात्र पिसिआर परीक्षण गरिनेसमेत अस्पतालले जनाएको छ।
सरकारले कोरोना भाइरसको परीक्षण र उपचार निशुल्क गर्ने भनेपनि सरकार मातहतको एक मात्र सरुवा अस्पतालले भने सर्वसाधारणका हकमा निशुल्क परीक्षणको व्यवस्था नभएको उल्लेख गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।