काठमाडौं- पुस्तक आयात सम्बन्धमा आर्थिक ऐन २०७६ र २०७७ मा भएको व्यवस्थामा हेरफेर भएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले आर्थिक ऐनमा भएको व्यवस्थामा परिमार्जन भएको हो।
अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७ मा रहेको पुस्तक आयात सम्बन्धि व्यवस्था परिमार्जन गरी 'विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक तथा पत्रिकाको पैठारीमा लाग्ने १० प्रतिशत भन्सार महसुल पुरै छुट दिइएको।' नेपाली प्रकाशकले विदेशमा मुद्रण गरी पैठारी गर्ने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने साविकको व्यवस्थालाई यथावत राखिएको अर्थले जनाएको छ।
आर्थिक ऐन २०७६ र २०७७ मार्फत सरकारले जुनसुकै प्रकाशकको नाम उल्लेख भएर आउने पुस्तकमा १० प्रतिशत भन्सार महसुल लाग्ने तर मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको थियो।
त्यसअघि भने विदेशी प्रकाशकद्वारा प्रकाशित पुस्तक तथा पत्रिकाको पैठारीमा कुनै मसुल नलाग्ने र नेपाली प्रकाशक, वितरक वा सोल एजेन्ट वा प्रतिलिपी अधिकार उल्लेख भएका पुस्तक नेपाल बाहिरबाट मुद्रण गरी पैठारी गरेमा त्यसरी पैठारी भएको पुस्तकको छपाइ मूल्यमा १५ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।