काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँगको एकीकरण समयको आवश्यकता भएकाले प्राविधिक र साना विषयमा अल्झन नहुने बताएका छन्।
एमाले स्थायी कमिटीले कार्ल मार्क्सको जन्म द्विशतवार्षिकीका अवसरमा आयोजित प्रवचन कार्यक्रममा प्रधानमन्त्री ओलीले मार्क्सवाद राजनीति, सामाजिक र आर्थिक सबै सवालमा आज पनि वैज्ञानिक दर्शन भएकाले यसको जगमा नेपालका कम्युनिस्ट पार्टीहरु एकीकरण हुने स्पष्ट पारे।
उनले भने, 'हामी एकीकरणको प्रक्रियामा छौं, प्राविधिक र साना विषयमा अल्झेर बस्ने समय यो होइन। साँचो लोकतन्त्र कायम गर्दै जनवादी क्रान्ति र 8वादको दिशामा हामी अघि बढ्नु अहिलेको आवश्यकता हो।'
प्रधानमन्त्री ओलीले पुँजीवादी क्रान्ति गर्ने कम्युनिस्टहरुको काम नभई पुँजीको विकास गर्दै 8वादको बाटोमा लम्कनु मार्क्सवादको सही प्रयोग हो भन्दै मार्क्सवाद सामाजिक शोषण विरुद्धको न्यायोचित दर्शन भएकाले प्रतिक्रियावादी पक्षहरुले यसलाई अधिनायकवादी भन्न खोज्नुको अर्थ नहुने दाबी गरे। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।