काठमाडौं-बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबारका लागि तोलामा २ सयले घटेर ९४ हजार ७ सय कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ।
बुधबार पनि नेपाली बजारमा चाँदी १२ सय २० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।