काठमाडौं- नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको छ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
शाक्यलाई प्राधिकरणकै सहायक कम्पनी एनइए इन्जिनियरिङ’ बाट प्राधिकरणमा फिर्ता बोलाएर यो जिम्मेवारी दिइएको छ। शाक्य फर्किएसँगै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखराज कोइरालाबाट यो जिम्मेवारी खोसिएको छ।
ऊर्जा मन्त्रालय सम्बद्ध अधिकारीहरूका अनुसार मन्त्री पुनले शाक्यलाई कार्यकारी निर्देशक बनाउने गरी प्राधिकरणमा फर्काएका थिए। भदौ २८ गते घिसिङ बाहिरिएसँगै प्राधिकरण नेतृत्वविहीन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।