काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) नेकपाका नेता वामदेव गौतमको मुद्दामा अन्तरिम आदेश निरन्तर नगर्ने सर्वोच्च अदालतको निर्णय, संवैधानिक इजलासले जारी गरेन अन्तरिम आदेश, मन्त्री बन्न सक्ने बाटो खुल्यो । ( गौतमलाई मन्त्री बन्न सक्ने बाटो खुल्योे )
२) थप २६ कोरोना संक्रमितको मृत्यु, १ हजार १७४ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार २६१ सहित २ हजार ५६९ जनामा संक्रमण, २ लाख २ हजार ३२९ पुगे संक्रमित । ( नेपालमा ११७४ पुगे मृतक )
३) प्रदेश दुईद्वारा ‘प्रदेश अनुसन्धान ब्युरोका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित, यो राम्रो संकेत नभएको गुप्तचर पूर्वप्रमुख देवीराम शर्माको भनाइ । ( प्रदेश दुईमा अनुसन्धान ब्युरो गठनको तयारी )
४) भारतको बिहार विधानसभा निर्वाचनमा एनडीए गठबन्धनलाई स्पष्ट बहुमत, २४३ विधानसभा सिटमध्ये मुख्यमन्त्री नितिश कुमार नेतृत्वको एनडीएको १२५ स्थानमा जित । ( बिहारमा एनडीएलाई स्पष्ट बहुमत )
५) र, पाकिस्तान क्रिकेट बोर्डले अजहर अलीलाई क्रिकेट टिमको कप्तानबाट हटायो, एकदिवसीय र टि–२० क्रिकेट टिमका कप्तान बाबर अजाम टेस्ट क्रिकेट टिमका कप्तानमा नियुक्त । ( बाबर टेस्ट क्रिकेटको कप्तानमा नियुक्त )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।