काठमाडौं- सेयर बजार १७ सय अंकभन्दा माथि नाघेको छ। बुधबार एकै दिन २८.८९ अंकले सुधार भएर १७०७.६७ अंक पुगेको छ। दोस्रो बजारमा पछिल्लो केही समयदेखि लगातार सुधार हुँदा नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।
सूचकमा सुधार आउँदा बजार पुँजीकरणमा पनि दिनदिनै नयाँ रेकर्ड बनिरहेको छ।
सूचकमा सुधारसँगै कारोबार रकम ४ अर्ब ९ करोड रुपैयाँको भएको छ। ६ महिनाको अवधिमा ५२९ अंकले सुधार भएको छ। दोस्रो बजार बुलिस ट्रेण्डमा रहेको सेयर बजारमा सस्ता र थोरै शेयर पुँजी भएका कम्पनीमा उछाल आइरहेको छ। बुधबार ६ वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। फाइनान्स बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ। बुधबार सबैभन्दा धेरै व्यापारको सूचक १० प्रतिशतले बढेको छ।
दोस्रो बजारमा उछाल आउँदा पनि ५३ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ भने १०१ वटा कम्पनीको मूल्य बढेको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको २५ करोड ९० लाख रुपैयाँको खरिद बिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।