काठमाडौं–सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिले २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन तयार पारेको छ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ। उक्त चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर वितरणपछि २ अर्ब २५ करोड रुपैयाँ हुनेछ। शेयरधनीहरुले ११ करोड ९० लाख रुपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्।
कम्पनीले धेरै वर्षदेखि नगद लाभांश दिन सकेको थिएन। बिमा समितिको पुँजी वृद्धि योजनाका कारण बोनस शेयरमा केन्द्रित कम्पनीले यस वर्ष बोनस शेयरसहित नगद लाभांश पनि दिएको हो। सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेसँगै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।