काठमाडौं–शिवम् सिमेन्ट्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक साधारण सभा यही कात्तिक २४ मा अनलाइनमार्फत् कर्पोरेट कार्यालयबाट सम्पन्न गरेको हो।
कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्रकुमार गोयलले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदनउपर छलफल गरेका थिए। कम्पनीको सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको २४.२१ प्रतिशत नगद लाभांस साधारणसभाबाट पारित भएको छ।
गोयलले शेयरधनीहरुले दिएको राय सुझाव टिप्पणी जिज्ञासाको जवाफ दिएका थिए। सहभागी शेयर धनीहरुको सल्लाह, सुझाव तथा शुमेच्छाले गर्दा नै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको उनले बताएका थिए। कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने शेयरधनी लगायतका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।