काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन्।
एन्फा अध्यक्ष शेर्पाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफू कोरोना संक्रमणबाट निको भएको जानकारी दिएका हुन्। गत कातिक ६ गते शेर्पालाई कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि होम आइसोलेसनमा बसेका उनी २१ दिनपछि कोरोनामुक्त भएका हुन्।
शेर्पाले फेसबुकमा लेखेका छन्, ‘हिजो भएको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखाएकोले कोरोनामुक्त भएको छु। कोरोना संक्रमणको दौरानमा मेरो शिघ्र स्वस्थ्य लाभको कामना गर्नु हुने सबै शुभचिन्तकहरुमा हृदयदेखि धन्यवाद दिन चाहन्छु।’
अध्यक्ष शेर्पाले जिउ दुखेपछि कात्तिक पहिलो साता कोरोना परीक्षण गरेका थिए। ‘तीन चार दिन जिउ दुखेको थियो। परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आयो। त्यसपछि समयमा खाने, भिटामिनहरु खाने, घाममा सेक्ने, बाफ लिने, तातो झोल सुपहरु खाने गरेपछि कोरोनालाई जिते। त्यस्तो समस्याहरु आएन’, एन्फा अध्यक्ष शेर्पाले नेपाललाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।