काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) ’संघीय लोकतान्त्रिक गणतन्त्र’ हटाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन, सरकारको निर्णय संविधानको प्रस्तावना र मर्म विपरीत भएको तर्क । ( राज्य व्यवस्था समितिको सरकारलाई निर्देशन )
२) थप १८ कोरोना संक्रमितको मृत्यु, १ हजार १२६ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ४२८ सहित २ हजार ५७१ जनामा संक्रमण, १ लाख ९७ हजार २४ पुगे संक्रमित । ( नेपालमा ११२६ पुगे मृतक )
३) वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट १५६ कामदारको मात्र हवाई उद्धार, जिम्मेवारीबाट पन्छिँदै सरकार, निर्देशिका नै अव्यवहारिक बनाएर उद्धारमा झारा टार्ने काम । ( जिम्मेवारीबाट पन्छिँदै सरकार )
४) संसदको स्वीकृति आवश्यक नपर्ने केही ट्रम्पका आदेशहरु उल्ट्याउने तयारीमा बाइडेन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता तथा डब्लुएचओबाट पछि हट्ने ट्रम्प प्रशासनको निर्णय पनि उल्ट्याइँदै । ( ट्रम्पका आदेशहरु उल्ट्याउने तयारीमा बाइडेन )
५) र, इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटी १–१ गोलको बराबरीमै रोकिए, बराबरीसँगै लिभरपुलले गुमायो शीर्ष स्थानमा उक्लिने माकौ । ( लिभरपुल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।