• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'नेपाल' मात्र लेख्दा राज्य संरचना नै परिर्वतन हुने होइन

प्रदीप ज्ञवाली सोमबार, कात्तिक २४, २०७७  १९:१२
1140x725

मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को स्थानमा ‘नेपाल’ मात्र लेख्ने निर्णय दसैंको बेला गरेको होइन। दसैंको बेला गरिएको निर्णय उपयुक्त थिएन भनी प्रश्न उठाइएको छ। यो निर्णय भएको दसैंभन्दा पनि एक महिनाअघिकै हो। 

यो विषय सरकारले लुकाएर, गुपचुप वा कसैलाई थाहै नदिएर गर्नुपर्ने निर्णय थिएन। सरकारले गर्ने सबै काम पारदर्शी हुन्छन्। सरकारको तर्फबाट केही प्रष्ट पार्नुपर्ने देखिएको छ। जेठ १५, २०६५ मा त्यतिबेला सरकारी वार्ता टोलीमा म थिएँ। अन्तरिम संविधान लेखनमा पनि म संलग्न थिएँ। जेठ १५ को त्यस निर्णयले नेपालको नाम परिवर्तन गरेको होइन। सन्दर्भ के थियो भने २०६३ साल माघमा तत्कालीन नेकपा माओवादी अन्तरिम संसदमा सहभागी भयो। चैतमा सरकारमा सहभागी भएको थियो। संविधानसभाको चुनाव कहिले गर्ने भन्नेबारे अलिकति असहमति प्रकट थियो।

२०६४ को भदौमा निर्वाचनको मितिका विषयमा असहमति भएपछि माओवादी सरकारबाट बाहिरियो। त्यसबेला दलहरुबीच अन्तर्विरोध सिर्जना भएको थियो। अन्तर्विरोधलाई सम्बोधन गर्ने सिलसिलामा २०६४ को पुसमा अन्तरिम संविधानको संशोधन भयो। गणतन्त्रबाट सरकार ‘ब्याक’ हुने हो कि भन्ने आशंका निवारणका निम्ति अन्तरिम संविधान संसोधन गर्‍यौं। संविधानसभाको पहिलो बैठकबाटै गणतन्त्रको कार्यान्वयन हुने संविधानमा लेख्यौं।

२०६५ साल जेठ १५ मध्यराती गणतन्त्र नेपालको संसदबाट गणतन्त्र कार्यान्वयनको घोषणा गर्‍यौं। तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ४ सांसदले असहमति राखे। असहमति राख्ने एक सांसद बितेर गइसक्नुभएको छ। त्यो घोषणा गणतन्त्र कार्यान्वयनको घोषणा थियो,नेपालको नाम परिवर्तनको थिएन। 

सरकारले 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'को स्थानमा 'नेपाल' लेख्ने निर्णयपछि भएसँगै हाम्रो बहस नेपालको औपचारिक नाम के हुनेतिर मोडिएको छ। गतसाता बुटवलमा निस्केको राजावादीको जुलुस र सरकारको यो निर्णयलाई तुलना पनि गरेर हेर्न लागियो। राजावादीको गत साता जस्तै जुलुस विगतमा पनि निस्केका थिए। संघीयताको विपक्षमा चित्रबहादुर केसीको पार्टीको जुलुस पनि विगतमा निस्केकै हो।

कमल थापा गणतन्त्रको विपक्षमा हुनुहुन्थ्यो। गणतन्त्रको विपक्षमा बारम्बार कुरा गरिरहनुभएकै छ। त्यतिबेला नै पूर्वराजा विभिन्न ठाउँमा घुम्दै गएको देखिएकै हो। २-४ वटा जुलुस निस्किँदैमा, पूर्वराजाले गतिविधि गर्दैमा हाम्रो गणतन्त्रमा असर पर्दैन। हाम्रो गणतन्त्र जग यति कमजोर छैन कि यस्ता सानातिना घटनाहरुले असर गर्दछ। 

हाम्रो ध्यान गणतन्त्रलाई जनताको मनमनमा कसरी बसाउने हुनुपर्छ। गणतन्त्रसँग जोडिएका जनताको अपेक्षालाई कसरी मूर्त रुप दिने हुनुपर्दछ। २/४ वटा जुलुस र सरकारको निर्णयविच कुनै तादाम्यता हुँदैन। अर्थ लगाउनेहरुले आ-आफ्नो ढंगले अर्थ लगाउन सक्छन्। 'कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि'का बारेमा हामीले केही भन्न सकिने अवस्था रहेन।

संविधानको अंग्रेजी अनुवाद प्रमाणीकरण नगरेको हुनाले तथा कानुन समाज र प्रतिनिधि सभाले गरेको अनुवाद कतिपय नमिलेको भएकाले संसदमा लानु नपर्ने भएको हो। अंग्रेजी अनुवाद प्रमाणीकरण भएको भए अनुमोदनका लागि संसदमा लानुपर्ने थियो। संसदको विश्वास लिनु सकरामत्क हो। तर, यो विषय संसदको कार्य रहेन।

Ncell 2
Ncell 2
nimb
nimb

हिजोको समयमा युएन तथा कतिपय अन्य मुलुकले ‘रिप्बलिक अफ नेपाल’भनेरै अफिसिएल पत्राचार गर्दा पनि हामी 'नेपाल' नै भनेर चिनिन्थ्यौं। मुलुकले कस्तो शासन प्रणाली अवलम्बन गर्ने भन्ने विषयमा हामीमा कुनै विवाद छैन। शासन प्रणाली र देशको औपचारिक नाम जोड्न जोड्न जरुरी छैन।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल संविधानमा राखेकै छौं। त्यसलाई नेपालको संविधान भनी लेख्यौं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान भनी लेख्दैनौं। ‘नेपालको झण्डा’ लेख्छौं। 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको झण्डा' भनी लेख्दैनौं। नेपाल सरकार लेख्छौं, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकार’ लेख्दैनौं।

शान्ति प्रक्रिया पछिको १०/११ वर्षमा नेपाल नामको विषयमा कुनै प्रश्न उठेन। नेपालको नामको सन्दर्भमा संविधानसभामा सरिता गिरीले कुरा उठाउनुभएको थियो। उहाँले छलफल गरौं भनी ल्याएको प्रस्तावलाई कसैले पनि स्वीकारेको देखिएन। नेपाल नाममा विशेषण राख्ने/नराख्ने छलफल हो। विशेषण राख्न संविधानले महसुस गरेन। संविधानको धारा ५६ को व्यवस्था नेपालको राज्य संरचना कस्तो हुने भन्ने हो। नेपाल नाम राख्दा राज्य संरचना परिर्वतन हुँदैन। विश्वमा अन्य देशका उदाहरण पनि छन्। भारत संघीय व्यवस्था भएको मुलुक हो।

‘रिपब्लिक अफ इन्डिया’लाई भारत मात्र भने पनि बुझिन्छ। भारतको संघीयताको अस्तित्व समाप्त भएको त छैन। दक्षिण अफ्रिका पनि गणतन्त्रात्मक मुलुक हो। अफिसियल नाम दक्षिण अफ्रिका छ। संघीयताको तात्विक अन्तर नामले ल्याएको छैन। जर्मनी, रुसलगायतले विशेषण पनि छोडेका हुन्छन्। अमेरिका संघीय भएर पनि उसले युनाइटेड अफ स्टेट भनी चिनाउँछ। अर्जेन्टिना, ब्राजिललगायतले नामका अघि संघीयता नराखेर उनीहरु संघीय राज्य नहुने होइन।

Xtrem

Xtrem

मुलुकको शासन प्रणालीलाई नामसँग जोड्न हुन्छ कि हुँदैन बहस गर्न सकिन्छ। हुँदै हुँदैन भन्ने पनि होइन। कतिपय मुलुकले शासन व्यवस्थासँग मुलुकको नाम पनि जोडेका छन्। त्यसो गर्नलाई हामी संविधानमै जानुपर्ने हुन्छ।

संविधान नै संशोधन गरेर नेपालको नाम नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राख्न नसकिने होइन। संविधानमा नेपालको नाम ‘नेपाल’ छ। त्यसकारण अफिसियल पत्रमा नेपाल मात्रै लेख्ने नै निर्णयको सार हो। शासन व्यवस्था र संविधान अनुसार राख्ने हो भने नेपालको नाम ‘स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता, समावेशी, लोकतान्त्रिक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ हुन्छ।

सरकारको निर्णयमा शंकाले लंका जलाउनुपर्ने छैन। सरकार, व्यक्ति, प्रधानमन्त्री नै मनपर्दैन भने त त्यसलाई जता जोडेपनि भयो। होइन भने सरकारी निर्णय विशुद्ध प्राविधिक कुरा हो। यसलाई राजनीतिक प्रणालीसँग जोड्नुपर्ने कारण नै छैन। अरु कसैले लोकतन्त्र ल्याइदिएर शासन चलाउन आएको वर्तमान सरकार होइन।

लोकतन्त्रका लागि धेरैको रगत बगेको छ। कसैले शान्तिपूर्ण वा कसैले हिंसात्मक लडाइ लड्यौं होला। लोकतन्त्रकै लागि लडेका थियौं। सरकारको नियत जोड्नुपर्ने हुन्छ र? अबलम्बन गरेको राज्यप्रणालीसँग जोड्ने विषय सरकारी निर्णय हुँदै होइन। कतिपय मुलुकले शासन व्यवस्थासँगै नाम जोडेको अनुसार हामीले पनि जोड्ने हो भने त्यसका लागि संविधानमै संशोधन गरि जानुपर्ने हुन्छ। सरकारलाई समस्याको विषय हुँदैन। संविधानमा जे नेपालको नाम छ,त्यसैलाई पत्रचारमा नाम राखौं भन्ने निर्णय हो।

सरकारको यसै निर्णयलाई लिएर प्रधानमन्त्रीको अभिव्यक्ति जोडेर प्रतिक्रिया दिने गरिएको पनि छ। प्रदेश संघको इकाइ हो भनी प्रधानमन्त्रीले बोलेको भन्दै आएको विषयलाई एकतर्फी आएको कुरालाई सुनेर धारणा नबनाऔं। प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको भनी त आयो। तर प्रधानमन्त्रीले वास्तवमा के भन्नुभएको थियो। त्यो पक्ष हामीले सुनेका छैनौं। एकातिरबाट मात्रै आएको रिपोर्टिङकै आधारमा धारणा बनाउँदा हामी गलत ठाउँमा पुग्छौं। 

('संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'को स्थानमा 'नेपाल' मात्र लेख्ने सरकारी निर्णयको विषयमा राज्य व्यवस्था समितिको बैठमा परराष्ट्रमन्त्री ज्ञवालीको अभिव्यक्तिमा आधारित) 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्