काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ। प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो।
जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला/नगरतर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो।
जनपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरक्रियात्मक कार्यक्रमलाई प्रधानसहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ। अहिले कार्यक्रमस्थलमा अनौपचारिक छलफल तथा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा अनौपचारिक छलफल चलिरहेको छ। केहीबेरमा औपचारिक कार्यक्रम आयोजना हुँदैछ।
नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ। चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समूहलाई नै आफ्नो लोकप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धता कार्यक्रमका सहभागीहरुले जनाएका छन्। कार्यक्रममा सहभागी जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समूहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन्।
औपचारिक कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ।
एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुरधाम पुग्न सकेनन्। जनकपुरधामको औपचारिक कार्यक्रमको समापनपश्चात् प्रधानसहितको समूह बुटवल हुँदै काठमाडौं फर्कने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।