काठमाडौं–नेपाल राष्ट्र बैंकको निर्देशनपछि कुमारी बैंकले लाभांशमा परिवर्तन गरेको छ।
राष्ट्र बैंकले नगद लाभांश घटाएर बोनस शेयरको हिस्सा बढाउन निर्देशन दिएसँगै बैंकले १०.८५ प्रतिशत बोनस शेयर दिने भएको छ। बोनस शेयर बढेसँगै नगद लाभांश ३.१५ प्रतिशतमात्रै दिने भएको छ। जम्मा लाभांश भने १४ प्रतिशत नै रहेको छ।
राष्ट्र बैंकले यस अगाडि जारी गरेको लाभांश स्वीकृत कार्यविधि २०७७ अनुसार लाभांश परिवर्तन गर्न निर्देशन दिएको हो। बैंक सञ्चालक समितिले लाभांश घोषणा गरेपछि साधारणसभामा लैजानु अगाडि नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनु पर्ने हुन्छ। यसै क्रममा राष्ट्र बैंकले लाभांशको संरचनामै परिवर्तन गर्न निर्देशन दिएको हो। अब बैंकले साधारणसभाका लागि सार्वजनिक सूचना जारी गर्न सक्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।