काठमाडौं- शनिबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख समाचार शीर्षकहरू:
१) सचिवालय बैठक बोलाउन नेकपा अध्यक्ष प्रचण्डसहित पाँच बहुमत सदस्यले गरे लिखित आग्रह, आफ्ना विरुद्ध गुटबन्दी भइरहेकाले बैठक नबोलाउने ओलीको जवाफ । ( बैठक बोलाउन बहुमत सदस्यको लिखित आग्रह )
२) नेपालमा थप १७ कोरोना संक्रमितको मृत्यु, १०८७ पुगे मृतक, काठमाडौं उपत्यकामा १ हजार ५१२ सहित २ हजार ७५३ जनामा संक्रमण, १ लाख ९१ हजार ६३६ पुगे संक्रमित । ( नेपालमा १०८७ पुगे मृतक )
३) नेप्से सूचक आगामी साता ‘बियरिस ट्रेण्ड’ मा चल्न सक्ने अनुमान, अधिकतम १६८४ अंकसम्म पुग्ने विश्लेषण, न्युनतम १६०४ अंकसम्म तल झर्ने अनुमान । ( ‘बियरिस ट्रेण्ड’ मा चल्न सक्ने अनुमान )
४) परिणाम आउनुअघि विजेता घोषित नगर्न बाइडेनलाई राष्ट्रपति ट्रम्पको चेतावनी, कानुनी प्रक्रिया भर्खरै सुरु भएको प्रतिक्रिया, मतगणना र पर्यवेक्षकलाई रोक्नुपर्ने माग गर्दै ट्रम्प पक्ष अदालतमा । ( बाइडेनलाई ट्रम्पको चेतावनी )
५) र, नेपाल क्रिकेट संघको वार्षिक साधारणसभा मंसिर ३ मा हुने तय, राष्ट्रिय टिमको क्लोज क्याम्प मंसिर १० देखि, केही खेलाडीहरूको ग्रेड बढुवा । ( क्यानको साधारणसभा मंसिर ३ मा )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।