काठमाडौं- हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। गजुरेलको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको उनी उपचाररत सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल स्रोतले जानकारी दिएको छ।
'उहाँलाई आइसियूमा नै राखिएको छ। तर उहाँको अवस्था बिहानको भन्दा सुधार भएको छ,' अस्पताल स्रोतले नेपाल लाइभसँग भनेको छ।
कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका उनी बुधबार अस्पताल भर्ना गरिएको थियो। शुक्रबार बिहान अस्पतालको आइसियूमा सारिएको थियो।
कात्तिक ११ गते सोमबार गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई टाउको दुख्ने, ज्वरो आउने र ढाड दुखाई लगायतका लक्षण देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।