• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुदूरपश्चिमबाट ३ दर्जन जिल्ला अध्यक्षहरुको एउटै आवाज, महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई साथ

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २१, २०७७  १५:१२
1140x725

काठमाडौं- काठमाडौंबाट नेपालको सुदूरपश्चिम अर्थात् धनगढी पुग्दा धेरैजसो उद्योगी व्यवसायीको एउटै गुनासो थियो ‘हामीले धेरै व्यक्तिलाई भोट दिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनायौं तर आफ्ना समस्या सम्बोधन गर्ने नेतृत्व पाएनौं। तर धनगढी एयरपोर्टमा नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी र महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल विमानस्थलमा ओर्लिदा, त्यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका थिए। 

ढकाल प्यानलको चुनावी कार्यक्रम स्थल होटल फ्लोरामा सयौं उद्योगी व्यवसायी उपस्थित भएका थिए। सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एकै स्वरमा भने‚ ‘हामीले डेढ दशकपछि साना, मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने व्यक्ति पाएका छौं, त्यसले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन।’

कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दा बढी जिल्लाका नगर अध्यक्षहरुले समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निमित्त पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताए। उनीहरुले महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको प्रशंसा गर्दै अबका दिनमा जिल्लानगरका समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए। 

चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या संबोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानललाई निर्विकल्प जिताउनुपर्ने बताए। ‘अहिले केही साथीहरु महासंघभित्र शुद्धीकरण र शुदृढीकरणजस्ता नारा लिएर चुनावी मैदानमा होमिएका छन्,’ उनले अहिलेका महासंघका नेतृत्वप्रति इंगित गर्दै भने, ‘आफू अशुद्ध हुने जिल्लानगरका साथीहरुलाई समस्या पर्दा फोन नउठाउने, स्वीच अफ गर्ने अनि अहिले शुद्धीकरणको नारा लिएर हिड्ने?’

कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसायदेखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्नसक्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्लाका हरेक समस्यासँग जुध्दै आएका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहको भन्दै सबैलाई उनीहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए। 

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताए।

‘कार्यक्रममा मैले यहाँहरुका गुनासाहरु सुने धेरैलाई जिताएर पठायौं तर हाम्रा समस्या सम्बोधन भएन भन्नुभयो‚’ ढकालले भने, ‘मेरो आफ्नै पनि ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको छ। तसर्थ, मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु।’

आफूले पनि जिल्लास्तरमा शून्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रुपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफूलाई जिल्ला नगरका साथीहरुको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कोरोना संक्रमणका कारण यसअघिको भेट नै झण्डै अन्तिम भेट भएको बताउँदै आफूले कोरोनालाई जितेर दोस्रो जीवन पाएको उक्त समय व्यावसायिक हतहितकै लागि लगाउने समेत बचनबद्धता व्यक्त गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यसअघि सो पदमा वस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफूहरुले धोका पाएको बताउँदै अब जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका  थिए। 

‘अहिले पनि महासंघको विधानमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्लानगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ।’ 

यसैगरी कार्यक्रमका सभापति महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको साख जोगाउनका लागि पनि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जिताउनुपर्ने बताए। ‘यसअघि अध्यक्ष भएका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नुभयो‚ त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै उनले भने, ‘अहिले जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी २ दशकदेखि जिल्ला नगरकै साथीहरुको समस्यासँग जुध्दै आउनु भएको र चन्द्र ढकालको पनि ७७ वटै जिल्लामा आफ्ना व्यापार व्यवसाय फैलिएका कारण अबका दिनका यो टीमले सबैलाई समेटेर अघि बढ्नेछ।’ अहिले कतिपय महासंघका नेतृत्वहरु फेसबुक तथा ट्वीटरमा ठूला कुरा गर्ने तर व्यवसायीलाई समस्या पर्दा फोन स्वीचअफ गरेर बस्ने गरेको बताउँदै जिल्ला नगरका साथीहरुको समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउनु अपरिहार्य रहेको उनको भनाइ थियो। 

कार्यक्रममा विभिन्न ३० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षका साथै कर्णाली प्रदेशकै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादूर चन्द, कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादूर मल्ल, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादूर भण्डारी लगायतले जिल्ला नगरका समस्या समाधान गर्नका लागि पनि अबको आसन्न निर्वाचनका ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए। साथै उनीहरुले ढकाल नेतृत्वको टिममाथि जिल्ला नगरका उद्योग व्यवसायीको आशा र भरोसा रहेको भन्दै उक्त टीमलाई विजयी गराउन आफूहरु पछि पर्न नहुने धारणा व्यक्त गरेका थिए। 

Xtrem

Xtrem

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य डिवी वस्नेत तथा महासंघका कोषाध्यक्ष निरक केसीले समेत अहिलेको अवस्थामा सबै पक्षको मिश्रण भएको समावेशी टीम ढकाल प्यानल रहेको भन्दै मतदान गरी विजयी गराउन आग्रह गरेका थिए।

यसैगरी कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादूर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादूर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादूर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादूर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार,  चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलि, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्धबहादूर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायत ३० भन्दा बढी जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो।

No description available.

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १५:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... शुक्रबार, असोज २३, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्