काठमाडौं–रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ६२.४३ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले तीन महिना अवधिमा तीन करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ।
नाफासँगै कम्पनीले जीवन बिमा व्यावसाय पनि ९१ प्रतिशतले सुधार गरेको छ। कम्पनीले तीन महिनाको अवधिमा जीवन बिमा व्यवसाय गरेर ४६ लाख ५२ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो।
अभिकर्ताहरुलाई कर्जा लगानी गरेर मात्रै कम्पनीले तीन करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानी एक वर्षको अवधिमा १२२ प्रतिशतले बढाएको छ। अभिकर्ताले ९ करोड ८ लाख रुपैयाँ कमिसन प्राप्त गरेका छन्।
तीन महिना अवधिसम्ममा कम्पनीले चार हजार १३८ वटा पोलिसी बिक्री गरेको छ। यस वर्ष प्राथमिक शेयर निष्काशन गरेर कम्पनीले चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुर्याएको छ। कम्पनीको प्राथमिक शेयर दोस्रो बजारमा सूचीकृत भएर कारोबार भइरहेको छ। कम्पनीले जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ जम्मा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।