काठमाडौं- ब्रोकर एसोसिएसनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध निर्वाचित हुने भएका छन्। शुक्रबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा मैनालीको मात्रै उम्मेद्वारी परेकाले उनि निर्विरोध निर्वाचित हुने भएका हुन्। मैनाली ब्रोकर नम्बर ३६ सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष हुन्।
एसोसिएसनको सम्पूर्ण पदाधिकारीमा सर्वसम्मत सहमति भएको छ। कुनै पनि पदका लागि मतदान नहुने एक ब्रोकरले जानकारी दिए। उपाध्यक्षका लागि वर्तमान महासचिव धर्मराज सापकोटा चयन भएका छन्। त्यस्तै वर्तमान कार्यसमितिका सदस्य गुणनिधि भुसाल महासचिवका लागि सर्वसम्मत भएका छन्।
सचिवमा रमणदेव पन्त रहेका छन्। कोषध्यक्षमा भक्तिराम घिमिरे चयन भएका छन्।
वर्तवमान अध्यक्ष भरत रानाभाट दुई वर्ष अगाडि निर्वाचित भएका थिए। उनको कार्यकालमा अनलाइन ट्रेडिङ लगायतका धेरै कामहरु पुरा भएका छन्।
ब्रोकर एसोसिएसनका अध्यक्षको हैसियतबाट बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रकृया रोक्नेदेखि लिएर कर ब्रोकर कमिसन घटाउन नदिनेसम्मका प्रयास सफल भएको मानिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।