काठमाडौं- दोस्रो बजारका लगानीकर्ताले नाफा बुक गर्ने क्रम नरोकिँदा बिहीबार नेप्से सूचक ४.४६ अंकले घटेको छ। यस सातामा मात्रै १२.४१ अंकले गिरावट आएको छ। दसैंलगत्तै खुलेको शेयर बजारमा ४० अंकभन्दा माथिको सुधार भएको थियो। तर यस साताको सुरुवाति दिनदेखिनै सामान्य अंकले घटिरहेको छ। साताको अन्तिम दिन नेप्से सूचक घटेर १६३६.१७ अंकमा झरेको छ।
सूचकमा गिरावट आए पनि कारोबार रकम भने दुई अर्ब ८२ करोड रुपैयाँको भएको छ। होटल, विकास बैंक, हाइड्रोपावर र जीवन बीमाको सूचकमा सुधार आए पनि बाँकी सूचकमा गिरावट आएको हो। दोस्रो बजारमा सूचिकृत नयाँ कम्पनी सानिमा जनरलको अधकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ३७६ रुपैयाँ कायम भएको छ। ६५ वटा कम्पनीको मूल्य बढे पनि ८८ वटाको मूल्यमा गिरावट आएको छ।
लगानीकर्ताले बजार सुधार भइरहन्छ भन्ने अपेक्षा राखे पनि केहि सुधार हुने वित्तीकै नाफा बुक गर्ने मनोविज्ञानका कारण बजार धेरै अंकले सुधार हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।