काठमाडौं–एभरेष्ट बैंकले एक दशक यताकै कम लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको ३२२ औं बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
बैंकले पुँजी बढाउनुका साथै संस्थापक शेयरधनी खुसी पार्न कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश दिने भएको हो। यो दशक यताकै कम हो। बैंकले यस अगाडि सबैभन्दा कम लाभांश दिँदा पनि २० प्रतिशत थियो। पछिल्लो एक दशकमा सबैभन्दा धेरै ७३.६७ प्रतिशतसम्म लाभांश दिएको बैंकले पछिल्लो समय लाभांश घटाइरहेको छ। पुँजी बढ्दा लाभांश दिने दर भने खुम्चिएको हो।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रूपैयाँ रहेको छ। ५ प्रतिशत बोनस शेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ। नेपाल राष्ट्र बैंकबाट उक्त लाभांश पारित भएपछि मात्रै बैंकले साधारणसभा डाक्न सक्नेछ। साधारणसभाले उक्त लाभांश पारित गरे पछि शेयरधनीले प्राप्त गर्न सक्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।