काठमाडौं–एनएमबी बैंकले आफ्ना ग्राहकहरुको दुर्घटना र गम्भीर रोगहरु विरुद्ध प्रदान गरिने बिमाबापत ५२ लाख रुपैयाँभन्दा धेरैको दाबी तिरेको छ। तलब खाताअन्तर्गत हालसम्म ७लाख ४१ हजार ७२२ रुपैयाँ र सहारा बचत खाताअन्तर्गत ४५ लाख २२ हजार ३७१ रुपैयाँको बिमा दावी भुक्तानी गरेको हो।
आफ्नो स्थापना कालदेखि नै ग्राहककेन्द्रित भएर काम गरिरहेको एनएमबीले ग्राहकलाई उच्च बमिा कभरेज र भविष्यको अनिश्चितताविरुद्ध संरक्षणमा आफ्नो स्रोत परिचालन गरेको जनाएको छ।
बैंकको तलब खाताहरुको योजनामा शून्य मौज्दातमै नेपालभरि पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएमका साथै दश लाखसम्मको दुर्घटना बिमा प्रदान गर्दै आइरहेको छ। सहारा खाता योजनामा नेपालभर पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्ने डिलाइट एटिएम, दश लाखसम्मको दुर्घटना बिमाको साथै १८ घातक रोगहरुमा स्वास्थ्य उपचारबिमा सुविधा प्रदान गर्दै आइरहेको छ।
बैंकको ईन्स्युरेन्स पार्टनरहरुमा एनएलजी ईन्स्युरेन्स, शिखर ईन्स्युरेन्स, नेको ईन्स्युरेन्स, रिलाईन्स लाइफ ईन्स्युरेन्स, सगरमाथा ईन्स्युरेन्स र राष्ट्रिय बिमा कम्पनी रहेका छन्। बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, बिस्तारित सेवा तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहक माझ सेवा पुर्याउँदै आईरहेको छ।
एनएमबी बैंकले १८६ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ३,५०० क्यूआर र १०,०७० भन्दा बढी पोस मेसिनमार्फत् उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।