काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क राष्ट्रमा ‘डिजिटल कमन करेन्सी’ प्रचलनमा ल्याउने पर्ने बताएका छन्। सार्क फाइनान्स ४०औं भर्चुअल ग्रुप मिटिङमा गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्।
‘डिजिटल कमन करेन्सी प्रचलनमा ल्याउन सार्क फाइनान्सस्तरमा अध्ययन गर्ने पर्ने बेला आएको छ,’ अधिकारीले भने । बैठकमा सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नरलगायत सहभागी थिए। बैठकमा सहभागीहरूले कोभिडले आफ्नो देशमा पारेको असर र त्यसको न्यूनीकरणका लागि भएका प्रयासबारे धारणा राखेका थिए।
बैठकमा उनले कोभिड–१९ का कारण विद्युतीय कारोबार उल्लेख्यरुपमा वृद्धि भएको बताउँदै वित्तीय पहुँच वृद्धि गर्न डिजिटल कमन करेन्सीले सयहोग गर्ने उनको भनाइ थियो।
नेपालमा हाल भर्चुअल मुद्राको कारोबारमा भने राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।